

, रौतहट १२ फागुन ।
गौरका युवा समुहले आज जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएका छन । गौर राइस मिल्लको जग्गा विक्री गर्नका लागी केही भुमाफियाहरुले नक्कली सहि छाप गरी घर बाटो प्रमाणित सिफारिस संलग्न गरी मालपोत रसिद समेत काटन लगाई विक्री गर्न खोजेको अभियोग लगाउदै आवश्यक कारवाईको लागी ज्ञापन पत्र बुझाइएको युवा समुहका रवि मिश्रले बताए । करिव दुई दर्जन युवाले ज्ञापन पत्रमा सही गरी भुमाफियाहरुको कब्जाबाट बचाउनको लागी अधिग्रहण गर्न नेपाल सरकारलबाट निर्णय भई अधिग्रहण प्रक्रिया अन्तरगत प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित मुअब्जा निर्धारण समितिले जग्गा र घर मुअब्जा निर्धारण गरी सकेको ज्ञापन पत्रमा उल्लेख गरेका छन । अधिग्रहण प्रक्रिया अन्तिम चरणमा पुगी सकेको कारण नक्कली भुमाफियाहरुले आतियर नेपाल सरकारको निर्णय एवं लक्ष्यलाई निष्तेज पारी अनुचित लाभ लिने उदेश्यले हकाधिकार नभएको व्यतिmले जग्गा विक्री गर्ने बदनियत चिताई गौर नगर पालिका अन्तरगत रहेको वडा न ३ कार्यालयको किर्ते लेटरपैड छाप मोहर तथा वडा अध्यक्षको हस्ताक्षर भएको मिति २०७७।९।१५ गतेको चलानी न ४५५ को ४ किल्ला प्रमाणित तथा मिति २०७७।७।१७ गते चलानी नभएको घर बाटो प्रमाणित सिफारिसहरु संलग्न भएको किर्ते जालसाजीमा संलग्न रहेको जो सकै व्यतिmलाई तुरुन्त पहिचान गरी आवश्यक कानुन बमोजिम कारवाई गर्न अनुरोध ज्ञापन पत्रमा गरेका छन ।