Take a fresh look at your lifestyle.
npa 9 suchana

१२ औ वार्षिकोत्सवको सुखद उपलक्ष्यमा साक्षारताको लागी संस्कृतिक कार्यक्रम

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १३ फागुन ।
मौलापुर नगर पालिकाको विशेष पहलमा १२ औ वार्षिकोत्सवको सुखद उपलक्ष्यमा साक्षारताको लागी संस्कृतिक कार्यक्रम आज लक्ष्मीनीया मा.वि मौलापुर ५ मा सम्पन्न भएको छ । लक्ष्मीनीया मा.वि.मौलापुर न पा ५ को आयोजनामा संचालन भएको कार्यक्रममा नगर पालिका भित्रका विद्यालयहरुका बाल बालिकाले सहभागी भएका थिए । आ आफनो प्रस्तुती गरेका थिए । सो अवसरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु शाहले बाल बालिकाका अध्यायपनमा सहयोग हुने भौतिक संरचना तथा प्राविधिक संरचना तयार भएको बताउदै आवश्यक पर्ने भए अझ सहयोग गर्ने प्रतिवद्धता उनले जनाए । मौलापुर नगर पालिकाले पहिलो प्राथमिकतामा शिक्षालाई राखेकोले धन्यवाद उनले दिए । सो अवसरमा मौलापुर नगर पालिकाका मेयर रिना कुमारी शाह , नगर पालिकाका प्रशासकीय अधिकृत राम बाबु शाह , लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक , बुद्धिजिवी , समाजसेवी ,राजनितिक कार्यकर्ता को उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.