Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रेस चौतारी नेपाल रौतहटको विधिवत उदघाटन

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १३ फागुन ।
प्रेस चौतारी नेपाल शाखा कार्यालय रौतहटको आज विधिवत उदघाटन भएको छ । नेकपा एमाले पार्टीका स्थायी कमिटी सदस्य प्रभु शाहले मौलापुरमा पे्रस चौतारीको उदघाटन गर्दै शाखाका अध्यक्ष लगायत सम्पुर्ण प्रेस चौतारीका सदस्यलाई धन्यवाद दिए । उनले सदरमुकाम छाडी मौलापुरमा शाखा स्थापना गर्नु नै महत्वपुर्ण रहेको बताए । मौलापुर नगर पालिकाले पुरातात्विक महादेव मन्दिरलाई उत्खन गराई विश्व सम्पदामा सुचिकृत गराउन संघर्ष गरी रहेकोले महादेव स्थानमा हुने मधानी यज्ञलाई प्रचार प्रसार गर्न आग्रह गरे । नयाँ शहरीकरण बनाउन नगर पालिकाले लागी परेको सराहनीय कार्य रहेको उनले बताए । मधानी यज्ञ परम्परा देखि चलि आइ रहेको यज्ञको छुटै विशेषता रहेको नेकपा एमाले नेता शाहले बताए । पुर्व प्रधान मन्त्री तथा नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओली मधानी यज्ञको उदघाटन गर्ने योजना रहेको एमाले नेता शाहले बताए । प्रस चौतारी रौतहट शाखाका अध्यक्ष आर्दश उपाध्यायको अध्यक्षतामा मौलापुर नगर पालिकाका मेयर रिना कुमारी शाह , नेपाल पत्रकार महासंघ मधेश प्रदेश का कार्य समिति सदस्य शैलेन्द्र झा , तराई एकसप्रसका संचालक अशोक पहाडी , प्रतिक्षा साप्ताहिकका संचालक रमेश तिम्मलसिना , लगायत चौतारी कार्य समिति सदस्य तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा पर्सा जिल्लाका पत्रकार देवेन्द्र यादव र मर्तुजा मियाँ अन्सारीलाई नेकपा एमाले नेता प्रभु शाहले टिका लगाइ पार्टी प्रवेश गराएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.