Take a fresh look at your lifestyle.
npa 9 suchana

मतदाता नामावली अध्यावधिक तथा सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १५ फागुन ।
स्थानीय तह निर्वाचन २०७९ मतदाता नामावली अध्यावधिक (दावी विरोध सहित) सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम आज जिल्ला समन्वय समिति रौतहटको सभाकक्षमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रौतहटका सभापति रामएकवाल राय यादवले १८ वर्ष मुनिका बाल बालिकाका मतदाता नामावलीमा समावेश नगर्न सुझाव दिए । १८ वर्ष माथिका क्यौ मतदाता वञिचत रहेकोले उनीहरुलाई समावेश गराउन आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहले रौतहटमा चुनाव गराउन सक्षम रहेको बताए । भय रहित चुनाव हुने उनले बताए । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले २०७४ सालको चुनाव भन्दा यस वर्ष कुन आधारमा निर्वाचन केन्द्रको बढोतरी भएको प्रश्न गरेका थिए । जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटे लाल दासले मतदता नामावलीमा कुनै त्रुटी भएमा सच्याउन मिल्ने बताए । २०७४ सालको निर्वाचनमा रहेको मतदाता नामावली भन्द बढी रहेको मतदात केन्द्रको संख्या बढेको बताए । सो कार्यक्रममा विनय कुमार झाले सहजीकरण तथा उदघोषक रहेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.