Take a fresh look at your lifestyle.
npa 9 suchana

मौलापुरले गौरव गर्नुपर्ने कार्यहरू – एमाले नेता शाह

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १५ फागुन ।
मौलापुर नगर पालिकाको लक्ष्मीनिया माध्यमिक विद्यालय मौलापुर ५ रौतहटको नयाँ भवन निर्माण भएको छ । आर .सि.सि.फ्रेम स्ट्रक्चर भवनको डिजाइन रहेको मौलापुर नगर पालिकाका प्राविधिकले जनाएको छ । १२२।२५ फिट लम्बाइ र २४ फिट चौडाई भवनले क्षेत्रफल ओगेटाका छन भन्ने सो मा ४ वटा कक्षा कोठा निर्माण भएको विद्यालयका प्रधानाध्यापक तेजनारायण साहले बताएका छन । २ वटा शौचालय भएको निर्मित भवनले विद्यालयको कक्षा कोठाको पुर्ति भएको मौलापुर नगर पालिकाका मेयर रिना कुमारी शाहले बताइन । २०७८ साल साउन ११ गते भवनको शिलान्यास भई भवन उदघाटन २०७८ साल फागुन १३ गते एमाले का स्थायी कमिटी सदस्य प्रभु शाहले गरेको मौलापुर नगर पालिकाका प्रशासकिय अधिकृत राम बाबु शाहले बताए । ७० लाखको खर्चमा निर्माण भएको नगर पालिकाका अधिकृत शाहले बताए । मौलापुरबाट सुरु भएको “छात्रालाई साईकल बितरण” कार्यक्रम आज मधेश प्रदेश भरी पुगेको नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु शाहले सो अवसरमा बताएका छन । उनले मौलापुरले सुरू गरेको घर–घर ग्यास सिलिन्डर र चुल्हा वितरण कार्य आज पलिका–पालिका पुगेको छ । महिलालाई सेनेटरी प्याड दिने मौलापुरको प्रयास आज देशले स्विकारेको उदाहरण सहित नेता शाहले बताए । मौलापुरले बनाएको एकीकृत दलित बस्तीहरूले देशको बस्ती विकासलाई नयाँ दिशा दिएको भन्दै ल्यान्ड पुलिङ मार्फत मौलापुरले बनाएको नयाँ सहर आज देशकै नमुना बनेको छ नेता शाहले भने । मौलापुरले सुरू गरेको आम जनतालाई निशुल्क बिधुत सेवा अरूको लागि उदाहरण बनेको छ । यस धर्तिको प्राचीन यज्ञलाई अन्तराष्ट्रियकरण गर्न र पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचिमा पु¥याउन मौलापुरले सुरू गरेको “मधानी महोत्सव “ पर्यटन प्रवर्द्धनको लागि नमुना बनेको पुर्व मन्त्री शाहले बताए । मौलापुरको “असहाय के साथ मेयर “ कार्यक्रम प्रदेशकै गरिबहरूका लागि उदाहरण बनेको छ भने छात्रालाई ल्यापटप , स्वयम् सेविकालाई मोबाईल कार्यक्रम प्रोत्साहनका क्षेत्रमा एउटा उदाहरणनीय कार्य रहेको उनले बताए । मौलापुरको “ फ्रि – वाईफाई “ कार्यक्रम आम युवाहरूका लागि उत्प्रेरणा बनेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.