Take a fresh look at your lifestyle.
npa 9 suchana

यातायात व्यवस्था सेवा कार्यालय रौतहटद्धारा ७८ लाख २ हजार १९९ रुपैयाँ राजस्व संकलन

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १६ फागुन ।
यातायात व्यवस्था सेवा कार्यालय रौतहटले ७८ लाख २ हजार १९९ रुपैयाँ राजस्व संकलन गरेको छ । विभिन्न शिर्षकमा सो रकम राजश्व संकलन गरेको कुरा कार्यालय प्रमुख राजकिशोर शाहले बताएका छन । यातायात क्षेत्रको आम्दानी २ लाख ९९ हजार ६९५ ,सवारी साधन कर ६८ लाख ४८ हजार २२४ ,व्यावसाय रजिष्टे«न दस्तुर ४९ हजार २ सय ,चालक अनुमति पत्र सवारी दर्ता किताब सम्बन्धि दस्तुर ६ लाख ५ हजार ८० गरी ७८ लाख २ हजार १९९ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । २०७८ भाद्र ९ गते देखि गौरमा सेवा संचालन भएको थियो । यातायात व्यवस्था सेवा कार्यालय रौतहटबाट सवारी दर्ता प्रमाण पत्र नविकरण , जाँचपास जारी , बाटो इजाजत पत्र तथा पटके इजाजत जारी हुने कार्यहरु भइ रहेको कार्यालय प्रमुख शाहले बताए । सवारी दर्ता प्रमाण पत्र नविकरण , जाँचपास जारी , बाटो इजाजत पत्र तथा पटके इजाजतको लागी विरगज जानु पर्ने बध्यतताको अन्त भएकोले सेवाग्राहीहरु खुशि व्यतm गरेको कुरा देवेन्द्र यादवले बताएका छन । सवारी चालक अनुमति पत्र तथा लाइसेन्स निविकरण यस कार्यालयबाट भए झन राम्रो हुने थियो उनले बताए । २०७५ कार्तिक १ गते देखि रौतहटमा यातायात कार्यालय स्थापना भए पनि सेवा प्रवाह २०७८ भाद्र ९ गते देखि संचालन आएको प्रमुख राजकिशोर साहले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.