

, रौतहट १६ फागुन ।
जनता आवास अन्तरगत बन्ने दलित भवनमा व्यापक अनियमितता भएको छ । नेपाल सरकारको निति तथा कार्यक्रममा घर विहिन भएका दलितहरुको पक्की भवन बनाइ दिनका लागी आएको रकम धेरै दुरुपयोग भएको दलितहरुले गुनासो गरेका छन । रौतहट जिल्लाका राजदेवी नगर पालिका वडा न १ मा पर्ने पथरा टोलमा ७ जना घर परिवारलाई बनाउन आएको रकम दुरुपयोग भएको पिडित पक्ष गणेश मलीले बताए । प्रति कोठा ठेकेदारले ८ हजार रुपैयाँ लिएको आरोप मलीले लगाएका छन । जना तथा मिस्त्रीको खर्च तिर्नु पर्ने भनी ठेकेदारले रकम लिएको बताए । पहिलो किस्ता र दोस्रो किस्ता गरी ठेकेदारले २० लाख रुपैयाँ लिई सकेको उनले बताएका छन । आफुलाई खातामा राखे पनि चेकमा सही गराई ठेकेदारले रुपैयाँ छुटाउने गरेको गुनासो बताए । दोस्रो किस्ता लिए पनि ढोका , झयाल ,माटो पुर्ने तथा पलस्तर र छानो हाल्ने कार्य वाँकी रहेको बताए । २०७७ माघ देखि आफु संग रहेको घर भत्काउन लगाई पक्की भवन निर्माण गराई दिने प्रलोभन दिए पनि हाल सम्ममा निर्माण सम्पन्न नगराएको कारणले बर्षातमा भिजी आमा विरामी परेको गुनासो सुनाए । प्रति घर परिवार ३ लाख ३६ हजार रुपैयाँबाट दुई कोठा पक्की र बरान्डमा किचन समेतको इष्टिमेट रहेको जनता अवास कार्यालय गौरले जनाएको छ । कुर्सी सम्म कार्य गर्दा ३५ प्रतिशत भुतmानी हुने ,छानाको तल्लो भाग सम्म कार्य गरे वापत ५० प्रतिशत भुक्तानी हुने र छाना हालेमा १५ प्रतिशत भुतmानी हुने सरकारको कानुनी प्रावधान रहेका छन । छानोमा १५ प्रतिशत भन्दा बढी रकम पर्ने भएकोले प्रायजसो ठेकेदारले छानो नहाली कार्य स्थिगित गर्ने गरेको बताइएको छ । कुर्सी तथा माथिल्लो भाग निर्माण गरे सम्म बढी फाइदा हुने तर छानो हाल्दा घाटा हुने मनसायले छानो नहाल्ने गरेको जनता अवासका एक कर्मचारीले बताए । जनता अवासका ओभरसियर विरेन्द्र शाह र ठेकेदार शिवनारायण शाहको मिलोमतोमा जनता अवासका कार्य अनियमितता भएको पिडित मल्ीले बताए । रौतहटमा १ हजार ७५ घर परिवारका लागी भएको सम्झौतामा अधिकाँस घर निर्माण भएको छैन । दोस्रो किस्ता सम्मको निकास भएको जनता अवास कार्यालय विरगजले जनाएको छ । यस सम्बन्धमा ओभरसियर विरेन्द्र शाह र ठेकेदार शिवनारायण शाहसँग सम्पर्क गर्दा आफुहरुले रकम नलिएको बताएका छन । जनता अवास विरगजका प्रमुख रुद्र नारयण दाससँग सम्पर्क गर्दा दलितहरुसँग कुनै किसिमको रकम नलिनु पर्ने प्रावधान रहेको बताए । लिएको भए कारवाई हुने बताए । जनता अवासका संयोजक धनलाल ढोकर सँग सम्पर्क गर्दा रौतहट जिल्लाको वेतनौमा प्रति परिवास सँग ३ हजारको दरले लिएको रकम फिर्ता गराएको बताउदै पथराका दलितसँग लिएको रकम पनि फिर्ता गराउने प्रतिवधता जनाएका छन ।