Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटका एक दर्जन संचारकर्मीहरु सम्मानित

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १९ फागुन ।
मौलापुर नगर पालिकाले रौतहटका एक दर्जन संचारकर्मीहरुलाई आज सम्मान गरेको छ । मौलापुर नगर पालिकाको सभाहलमा आयोजित कार्यक्रममा रौतहटका संचारकर्मीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा प्रतिक दैनिकका रौतहट सम्वाददाता शैलेन्द्र झा , नेपाल टेलिभिजनका रौतहट सम्वाददाता शैलेन्द्र गुप्ता , राससका रौतहट प्रतिनिभि आर्दश उपाध्याय , चन्द्रपुर एफ एमका फणी महत , बाल विक्रम कार्की , तराइ एक्सप्रेसका अशोक पहाडी , प्रतिक्ष साप्ताहिकका रमेश तिम्लसिना , एभि न्यूजका रौतहट प्रतिनिधि गौतम श्रेष्ठ , राटोपाटीका सज्य मिश्र , वकुल एफ एमका राम प्रवेश वैठा , रामसरण यादव , यादव राज , लगायतका पत्रकारहरुलाई मौलापुर नगर पालिकाकी मेयर रिना कुमारी शाह , उपमेयर गौरी शंकर जयसवाल ,प्रशासकीय अधिकृत राम बाबु शाह , नेकपा एमालेका जिल्ला अध्यक्ष अमर शाह लगायतले संचारकर्मीहरुलाई गमछा , अविर , सम्मान पत्र दिई समानित गरिएको थियो । ,पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउने लक्ष्यका साथ आयोजित मधानी महोत्सव २०७८ को विशेष अवसरमा यस सम्पदालाई राष्ट्रिय तथा अन्तरष्ट्रिय स्तरमा प्रबर्दन गर्न पत्रकारहरुले पु–याउनु भएको महत्वपूर्ण योगदानको उच्च कदर सहित सम्मान पत्र प्रदान गरिएको मौलापुर नगर पालिकाका मेयर रिना कुमारी शाहले बताइन ् । आगामी दिनहरुमा पनि संचारकर्मीहरुको विशेष योगदानको गहिरो अपेक्षा सहित सफलताको हार्दिक शुभकामना समेत उनले व्यतm गरिन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.