Take a fresh look at your lifestyle.
npa 9 suchana

श्रीराम साहको सपनालाई सकार गर्न आफु सदैव तयार रहने स्थायी कमिटी सदस्य– साह

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ६ चैत्र ।
संत स्व. श्री राम साहको स्मृतिमा हनुमान मन्दिर परिसरमा धर्मशाला समुदघान आज नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले गरेका छन । सो अवसरमा सदस्य साहले श्रीराम साहको सपनालाई सकार गर्न आफु सदैव तयार रहने बताए ।अगामी दिनहरुमा अझ राम्रो कार्य यस क्षेत्रमा बनोस कामना समेत पुर्व मन्त्री साहले दिए । श्रीराम साहको सपना पुरा नहुन दिन हत्याराहरुले साहलाई गोली हानी हत्या गरेको प्रति दुःख व्यतm गर्दै माधव नारायण नगर पालिकाकी उपमेयर सिमल कुमारी साहको सहयोग तथा अन्य दाताको सहयोगमा धर्मशाला निर्माण लगायत शालिक निर्माण भएको स्मरण गराउदै उनले आफु पहल मात्र गरेको पुर्व मन्त्री शाहले बताए । खेसरहिया बजार र हनुमान मन्दिरलाई हटाउन केही दुष्टहरुको प्रयासले श्रीराम साहको हत्या गरेको आरोप लगाए । साहको अमर बनाउन यस बजारलाई आजको दिन देखि श्रीराम बजार र श्रीराम चोकको रुपमा नामाकरण हुने बताए । हत्यारालाई कारवाई गर्नका लागी खेसरहिया वासीले उठाएको माग अहिले सम्म पुरा हुन नसकेको उनले बताए । खेसरहियावासी असुरक्षित रहेकोले आफुले प्रहरी चोकीको स्थापना गर्न पहल गरी रहेको अवस्थामा मुख्य मन्त्रीलाई बोलाइ केही स्थानीय नेताले प्रहरी चौकी को उदघाटन गराए पनि हाल सम्ममा मुख्य मन्त्रीले प्रहरी चौकीको स्थापना गराउन नसकेको आरोप मन्त्री शाहले लगाए । सोही अवसरमा केन्द्रिय सदस्य तथा रौतहट जिल्लाका इन्चार्य उपेन्द्र साहले श्रीराम साहलाई हत्या गरी हनुमान मन्दिर लगायत श्रीराम साहको कृतिलाई मेटाउन खोज्ने तत्वलाई कारवाई गर्न सम्बन्धित निकाय सँग जोडदार माग गरेका छन । उनको कृति अमर होस भने अभिप्रायले पुर्व मन्त्री प्रभु साहको अगुवाईमा धर्मशाला , शालिक ,रोड लगायतका संरचना निर्माण गराएको उनले बताए । आउदो स्थानीय निकायको चुनावमा मेयर पदमा चुनाव लडने उदघोष समेत उनले गरे । लेखा समितिका सदस्य राजकिशोर राय यादव , पुर्व माननीय बबन सिह लगायत वतmाहरुले आ आफनो मन्तव्य दिएका थिए भने श्री राम साहका परिवारजनलाई दोसाला फुलमाला लगाई समान गरिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.