रौतहट ७ चैत्र ।
आश्रय निर्माण सेवाले कार्य नगरी करोडौं रकम भुतmानी लिएको आरोप लगाउदै गौर नगर पालिका ७ निवासी रघु गुप्ताले आज कालो पटी बाधेर विरोध जनाएको छ । । गौर नगर पालिकाको बिपी चोकमा विहान ११ वजे देखि ४ बजे सम्म घाममा कालोपटी बाधेर विरोध जनाएको हो । राजदेवी नगर पालिका , गौर नगर पालिका , यमुना माई नगर पालिका लगायत जिल्लाका धेरै नगर पालिकालाई शहरीकरण गर्न शहरी विकास मन्त्रालयबाट आएको रकम दुरुपयोग भएको भन्दै विभिन्न निकायमा उजुरी गर्दा पनि सुनुवाई नभएकोले बाध्य भएर कालोपटी बाधेर विरोध जनाएको उनले बताए । वल्र्ड बैंकको अनुदानमा रौतहट जिल्लाको शहरीकरण गर्नका लागी सडक नाला निर्माण कार्य को लागी शहरी बिकासले टेन्डर आहवान गरेको थियो । आश्रय निर्माण सेवालाई विभिन्न नगर पालिकामा कार्य गर्न टेन्डर स्वीकृत भएको बताइएको छ ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments