Take a fresh look at your lifestyle.
npa 9 suchana

चालकलाई छोडेर गाडीधनीलाई फसाउन खोजेको भन्दै गरुडा वजारमा प्रर्दशन

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ८ चैत्र ।
गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्तरगत हर्षाहा चोकमा गत बुधबार राति भएको सवारी दुर्घटनामा चालकलाई छोडेर गाडीधनीलाई फसाउन खोजेको भन्दै आज नेकपा एमालेका कार्यकर्ताले गरुडा वजारमा प्रर्दशन गरेका छन ।
दुर्घटनामा ज्यान गुमाएका पिडीतलाई न्याय र निर्दोष लाई नफसाउन भन्दैँ जिल्लाको गरुडा बजारमा आज मंगलबार नेकपा एमालेका कार्यकर्ताहरुले प्रदर्शन गरेको हो ।
चैत २ गते राति करिब १० बजेतिर बा १७ च ६१६३ नम्बरको स्कोर्पियोको ठक्करबाट वृन्दावन नगरपालिका ६ बस्ने ३५ वर्षीय जितेन्द्र पटेल र २८ वर्षीय हरि कुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो ।
चन्द्रनिगाहपुरबाट गरुडा तर्फ गइरहेको गाडीको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने हर्साह प्रहरी चौकीका असई उपेन्द्रकुमार यादव र जवान मुस्तफा अन्सारी दुर्घटनामा परेर घाइते भएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.