Take a fresh look at your lifestyle.
npa 9 suchana

संचार ऐन संसोधन गर्न मधेश प्रदेश सरकारसँग आग्रह

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २८ बैशाष
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले मधेश प्रदेश सरकारले संचार ऐन चोरबाटो पारित गरेको आरोप लगाएका छन ।
स्वर्गाीय श्रमिति रामा यादव स्मृति प्रतिष्ठान द्धारा रामा यादवको प्रथम पुण्यतिथिको अवसरमा रामा यादव पत्रकारिता पुरस्कार घोषणा कार्यक्रमको प्रमुख तिथिको आसनबाट मधेश प्रदेश सदस्य झाले सो कुरा बताउदै संचार ऐन संसोधन गर्न आग्रह गरेका छन ।
लोकतन्त्र वाक स्वतन्त्रता प्रेसपुर्ण स्वतन्त्रताको पक्षधर रहेको नेपाल पत्रकार महासंघ कुनै दल विशेषको झोला बोक्ने होइन उनले बताए ।
संचार ऐन संशोधन नभए आन्दोलन गर्दै आएका महासंघ पुनः आन्दोलन गर्नै चेतावनी समेत मधेश प्रदेश सदस्य झाले दिए ।
मधेश प्रदेश सरकारले घोषणा गरेको रकम मृतक पत्रकारका परिवारलाई हाल सम्ममा उपलब्ध नगराएको प्रति आपति व्यतm गर्दै अविलम्ब राहत उपलब्ध गराउन उनले आग्रह गरेका छन ।
पहिलो कोरोना कहरको वेला मधेश प्रदेश सरकारले कोरोनाबाट पत्रकारको मृत्यु भएमा ५० लाख राहत दिने घोषणा गरेको थियो तर दोस्रो कोरोना कहरमा रौतहटबाट दुई जना गरी ३ जना पत्रकारको कोरोनाबाट मृत्यु भए पनि मधेश प्रदेश सरकारले राहत हाल सम्ममा नदिएकोले मधेश प्रदेश सदस्य झाले दुःख व्यतm गरे ।
रेड टेलिभिजन का प्रमुख तथा जयराम मिडिया प्रा.लिका अध्यक्ष रामा यादवको बैशाष २८ गते कोरोनाबाट मृत्यु भएको प्रति मधेश प्रदेश सदस्य झाले दुःख व्यतm गर्दै भावपुर्ण हार्दिक श्रद्धान्जली अर्पण गरेका थिए ।
रामायादवको श्रीमान जय प्रकाश यादवलाई समेत उतरोतर प्रगतिको कामना सहित रेड टेलिभिजनको उतरोतर प्रगतिको कामना सदस्य झाले सो अवसरमा गरेका थिए ।
जयरामा मिडिया प्रालिद्धारा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार द्धय विनय लाल दास , प्रभात कुमार झा ,नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुवर््ा अध्यक्ष रविन्द्र प्रसाद शाह ,जनकपुर टुडेका रौतहट प्रतिनिधि राकेश यादव लगायतका व्यतmाहरुले श्रीमति रामा यादवको अल्पायु मै निधन भएको प्रति आभार तथा हार्दिक श्रद्धान्जली अर्पण गरेका थिए भने स्वागत तथा उदघोषण संचारकर्मी आलोक पाण्डेले गरेका थिए ।
जयरामा मिडिया प्रालिका अध्यक्ष जय प्रकाश यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । महासंघका पुर्व अध्यक्ष रविन्द्र प्रसाद शाहले सिटी वन टेलिभिजनका अनिषा श्रेष्ठलाई प्रथम पुरस्कार दिने घोषणा गरेका थिए । पुरस्कार राशी २६ हजार १ रुपैयाँ रहेको आयोजक संस्थाले जनाएको छ । जयरामा मिडिया प्रालिका अध्यक्ष जय प्रकाश यादवले कार्यक्रम समापन गर्ने वेलामा भावुक भई आखाँबाट आशु झार्दै आफनो पिडा दुःख व्यतm गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.