Take a fresh look at your lifestyle.
npa 9 suchana

मौलापुरको मतगणना तत्काल सुरु गर्न माग

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ३१ बैशाष ।
मौलापुर नगर पालिकाकी निर्वतमान मेयर रिना कुमारी शाहले मौलापुरको मतगणना तत्काल शुरु गर्न माग गरेकी छन । सत्ता गठबन्धनकै दलहरुको ईशारामा निर्वाचन आयोगले मौलापुरको मतगणना स्थल तोके पनि हाल सम्ममा मतगणना शुरु नगरेको प्रति उनले आपति जनाएको हो ।
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले रौतहटको प्रायजसो स्थानमा आफैं धाँधली गरेर चुनाव निष्पक्ष हुन दिएन अर्को तिर आफैले गरेका कर्तुतको नाममा बखेडा गरिरहेको छ ।
आज तिनै गठबन्धनका नेताहरुले मतगणना स्थलकै नाममा बखेडा झिखेर मौलापुरको मतगणना रोकेको छ ।
हार्ने डरले जे पनि हद पार गर्नेले किन राजनीति गर्नु ? बरु सन्यास लिएर जोगी बनेर बस्दा राम्रो । उनले भनीन । मौलापुरको मतगणना तत्काल सुरु गर्नुपर्छ, कुनै षड्यन्त्र सफल हुन सक्दैन भने चेतावनी समेत दिइन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.