

रौतहट २ जेठ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको गृह नगर गौरमा नेकपा एसले तीन वटा वडामा प्यानल जित हासिल गरेका छन्।
वैशाख ३० गते सकिएको स्थानीय तह निर्वाचनको मत परिणाम आउन थाले पछि नेकपा एसले गौर नगरपालिकामा लगातार ३ वटा वडामा जित हासिल गरेका छन्।
गौर नगरपालिकाको वडा नं १,२ र ३ मा नेकपा एसले जित हासिल गर्न सफल भएका हुन्।
रौतहटको गौर नगरपालिका वडा नं १ मा लालबाबु चौधरी, वडा नं २ मा बिनोद जैसवाल र ३ मा अंसारुल अन्सारीले विजयी भएका छन् भन्ने नेकपा एसबाट गौर र राजदेवि नगरपालिका मेयर पदका उम्मेदवार शम्भु साह र भिखारी यादवले फराकिलो मतले अग्रता लिएका छन्।
त्यस्तै राजदेवि १ मा नेकपा एसबाट नरेश यादव, २ मा नेपाली काङ्ग्रेसबाट सनुप महतोले विजयी भएका छन्। मौलापुर नगरपालिका वडा नं ४ मा नेकपा एमालेबाट बिरबहादुर साहले विजयी भएका छन्।