Take a fresh look at your lifestyle.
npa 9 suchana

कृषि राज्यमन्त्री यादवको वडामा उनकै पार्टीका वडा अध्यक्ष उमेदवारलाई ३० मत

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २ जेठ ।
मधेस प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र यादवको घर भएको वडामा उनकै पार्टी जनता समाजबादी पार्टीका वडा अध्यक्षका उमेदवारलाई ३० वटा मत परेका छन ।
उनको वडामा नेकपा एकिकृत समाजबादीका वडा अध्यक्षका उमेदवार निर्वाचित भएका छन ।
राज्यमन्त्री यादवको गृह नगर रौतहटको राजदेवी नगरपालिका १ मा उनको पार्टी जसपाका वडा अध्यक्षका उम्मेदवार हृदय नारायण यादव ३० मतमै सिमित भएका हुन ।
वडा १ मा समाजबादीका उम्मेदवार नरेश प्रसाद यादव ६१० मत प्राप्त गरेर वडा अध्यक्षमा बिजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्दी लोसपाका वडा अध्यक्षका उम्मेदवार शिव नारायण साहले ५८८ मत प्राप्त गरेका थिए।
२०६४ सालदेखि मधेसबादीदलको राजनीतिमा लागेका हृदय नारायण यादव हाल जसपाका जिल्ला कमिटी सदस्य रहेको बताउँछन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.