Take a fresh look at your lifestyle.
npa 9 suchana

मौलापुर नगरपालिकाकी निबर्तमान मेयर तथा एमालेको उमेदवार साह अग्रस्थानमा

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २ जेठ ।
रौतहटको मौलापुर नगरपालिकाकी लोकप्रिय निबर्तमान मेयर तथा एमालेको उमेदवार रिना कुमारी साह अहिले अग्रस्थानमा रहेका छन । गठबन्धनका उम्मेदवारलाई पछिपार्दै मेयर पदको उम्मेदवार साहले अग्रता लिएकी छन ।
एमाले उम्मेदवार साहले हाल सम्म २ हजार ४ सय उपमेयर उम्मेदवार नागेन्द्र यादवले २ हजार १ सय ९५ मत प्राप्त गरेका छन ।
गठबन्धन बाट मेयर पदका उम्मेदवार राम प्रवेश यादवले १ हजार ६ सय ४४ र उपमेयर उम्मेदवार रिना देविले १हजार ७ सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालय मौलापुरले जनाएको छ ।
त्यसैगरी नेकपा समाजबादीका मेयर पदका उम्मेदवार कल्याण यादवले ३६६ मत प्राप्त गरेका छन ।
समाचार तयार पार्दासम्म मौलापुरमा घोषणा भैसकेको परिणाम मध्ये ३ वटा वडामा एमाले र १ मा माओवादीका वडा अध्यक्ष बिजयी भएका छन ।
मौलापुर १ मा माओवादीका जयनाथ कुशवाहा,२,३,र ४ मा एमालेका क्रमशः श्रीभगवान पटेल ,महेश महतो,वीर बहादुर प्रसाद वडा अध्यक्षमा बिजयी भएका छन ।
अहिले भर्खरै वडा ५ को मतगणना सुरु भएको छ । पहिलो कार्यकालमा विकास निर्माणका साथै महिला, बालबालिकाको क्षेत्रमा साहले पुर्याएको योगदान बाट उनको लोकप्रियता झन्झन् बढेको छ ।
चुनावी कार्यक्रम तथा घरदैलोमा उनको साथमा सैयौं महिला तथा बालिकाहरुको समूह देखेर जो कोहिले पनि लोकप्रियता बारे सहजै अनुमान गरेको थियो ।
एमाले स्थायी समिति सदस्य प्रभु साहकी श्रीमती तथा मौलापुर नगरपालिकाकी निबर्तमान मेयर साहले नेपाली कांग्रेस, माओबादी,र जसपा गठबन्धनको उम्मेदवारलाई पछिपार्दै अग्रता लिएकी हुन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.