Take a fresh look at your lifestyle.
npa 9 suchana

देवाहीमा एमालेका प्रेमलाल साह ,वृन्दावनमा एसका विनोद प्रसाद कुर्मी र यमुनामाईमा लोसपाका महमद सउद निर्वाचित

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ९ जेठ ।
देवाही गोनाही नगर पालिकामा नेकपा एमालेका मेयर उम्मेदवार प्रेम लाल साह निर्वाचित भएको छ । उनले ४ हजार २९२ मत प्राप्त गरी निर्वाचित भएको छ भने उनका निकटतम प्रतिद्धन्द्धी जसपाका मेयर उम्मेदवार मधुलिका रानी पटेलले ३ हजार ३९७ मत प्राप्त गरेकी छन ।
उपमेयर पदमा एमालेका उम्मेदवार परनिया देवीले ४ हजार ४४५ मत प्राप्त गरी दोसे पटक निर्वाचित भएकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदवार इश्वरी लाल प्रसाद यादवले ३ हजार ५८० मत प्राप्त गरेको छ ।
वडा न १ मा एमालेका सफिना खातुन ,वडा न २ मा जसपाका अतिकु , वडा न ३ मा स.जय प्रसाद पटेल ,वडा न ४ मा एमालेका राम प्रवेश प्रसाद कुर्मी ,वडा न ५ मा एमालेका ओपेन्द्र साह , वडा न ६ मा एसका विष्णमु कुमार दास , वडा न ७ मा नेकाका उपेन्द्र राय यादव , वडा न ड मा जसपाका विजय प्रसाद पटेल र वडा न ९ मा एमालेका विर शहादुर साह निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय ले जनाएको छ ।
यसै गरी वृन्दावन नगर पालिकामा नेकपा एकिकृत समाजवादीका मेयर उम्मेदवार विनोद प्रसाद कुर्मीले निर्वाचित भएको छ । उनले ६ हजार ११२ मत प्राप्त गरी विजय भएको हो । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका राम स्नेही राय यादवले ४ हजार ६७८ मत प्राप्त गरेको छ । उपमेयर पदमा एसका उम्मेदवार संगिता कुमार रामले ५ हजार ७७२ मत प्राप्त गरी निर्वाचित भएकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी नेकाका सैवन खातुनले ४ हजार ६८८ मत प्राप्त गरेकी छन ।
वडान १ मा एसका उम्मेदवार रामनाथ सहनी , वडा न २ मा माओवादीका सिकेन्द्र राउत कुर्मी , वडा न ३ मा एमालेका हरि नारायण साह , वडान ४ मा माओवादीका श्याम नन्दन राय वडा न ५ मा फेकु दास , वडा न ६ मा एसका मजहर मन्सुरी , वडा न ७ मा जगरनाथ प्रसाद भेडियर ,वडान ८ मा रविन्द्र प्रसाद साह ,वडान ९ मा प्रवेज आलम निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसै गरी यमुना माई गाउँ पालिकामा लोसपाका मेयर उम्मेदवार महमद सउदले २ हजार ९२९ मत प्राप्त गरी निर्वाचित भएको छ भने उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका भगत नारायण राय यादवले १ हजार ९९४ मत प्राप्त गरेको छ ।
उपाध्यक्ष पदमा लोसापाकी अनुराधा कुमारीले २ हजार ५०३ मत प्राप्त गरी निर्वाचित भएकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका सिमा कुमारी पटेलले १ हजार ९७१ त प्राप्त गरेकी छन ।
वडान १ मा माओवादीका नन्द लाल राय यादव दोस्रो पटक निर्वाचित भएको छ भने वडान २ मा नेका का उम्मेदवार सिताराम यादव , वाडा न ३ एसका शेख सगीर आलम ,वडा न ४ मा माओवादीका अश्विनी राय दोसे पटक निर्वाचित भएको छ भने वडा न ५ मा एमालेका सिवेन्द्र कुमार साह निर्वाचित भएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.