Take a fresh look at your lifestyle.
npa 9 suchana

गढीमाईमा नेकाका मेयर उम्मेदवार श्याम प्रसाद यादव दोस्रो पटक निर्वाचित

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ११ जेठ ।
गढीमाई नगर पालिकामा नेपाली काग्रेस पार्टीका मेयर उम्मेदवार श्याम प्रसाद यादवले दोस्रो पटक निर्वाचित भएको छ । ८ हजार ६३१ मत ल्याई निर्वाचित भएको हो । उनी २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकाबाट नै निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका मेयर उम्मेदवार शेख अबुल कलाम आजादले ८ हजार ७३ मत ल्याएका छन । आजाद प्रदेश सभा सदस्य पदबाट राजिना दिई मेयर पदमा चुनाव लडेको थियो । मेयर पदमा चुनाव हारे पछि प्रदेश सभामा निर्वाचित भएको थियो ।
उपमेयरमा जसपाका स्मिता कुमार यादवले ६ हजार ६७१ मत ल्याई निर्वाचित भएकी छन भने निकटतम प्रतिद्धन्द्धी एसका नागेन्द्र सिहले ५ हजार ९०२ मत ल्याएका थिए ।
वडान १ देखि ९ सम्म क्रमस एसका रामपुकार राय यादव ,नेकाका दिपेन्द्र श्रेष्ठ , जसपाका एकरामुल ,नेकाका चुल्हाई राय , लोसपाका राजिव रजन यादव , नेकाका राम सिहासन राय यादव , जसपाका तपेन्द्र राय यादव ,रामाज्ञा राय यादव र माओवादीका हरिचन्द्र सहनी निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.