Take a fresh look at your lifestyle.
npa 9 suchana

बाल बालिकालाई खाजामा पौष्टिक आहार दिन नगर प्रमुख शाहको निर्देशन

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १३ जेठ ।
जुद्ध माध्यमिक विद्यालय गौरमा बाल बालिकाहरुलाई दिवा खाजा बन्द रहेको रहस्य खुलेका छन । नवनिर्वाचित नगर प्रमुख शम्भु साहले जुद्ध माविको अनुगमन निरिक्षण गर्ने क्रममा बाल बालिकाले गुनासो गरे पछि रहस्य खुलेको हो । कक्षा १ देखि ५ कक्षा सम्म प्रत्येक दिन विद्यालय खुलेको दिनमा दिवा खाजा दिनु पर्ने प्रावधान रहे पनि खाजा नदिई रहेको आरोप बाल बालिकाहरुले लगाएका छन । नगर प्रमुख शाहले गुनासो सुने पछि प्रधानाध्यापक चन्देश्वर राउतलाई बोलाई दिवा खाजा दिन निर्देशन दिएको हो । खाजामा पोष्टिक आहार दिन समेत निर्देशन दिएको हो । नगर प्रमुख शाहले विद्यालयमा रहेको फोहर हटाउन तथा सर सफाई राख्न तथा नियमित अध्ययन अध्यापन गराउन सुझाव दिएको छ । विगत पाँच वर्ष देखि जुमाविमा अनियमितता हुदै आएको आरोप समेत लागेको छ । नव निर्वाचित नगर प्रमुख शाहले अहिले स्वास्थ्य ,शिक्षा तथा वडा कार्यालयहरुको अनुगमन तथा निरिक्षण कार्य शुरु गरेको नगर पालिकाले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.