Take a fresh look at your lifestyle.
npa 9 suchana

वृन्दावनका नगर प्रमुख कुर्मीद्धारा बिधालयको चारकोठे भवनको शिलान्यास

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ३० जेठ ।
वृन्दावन नगरपालिकाकका नगर प्रमुख विनोद प्रसाद कुर्मीले ,श्री नेपाल माध्यमिक बिधालयमा चारकोठे भवनको शिलान्यास गरेका छन ।
सोमबार विद्यालयको जग्गामा बैदिकविधि अनुसार पुजापाठ गर्दै नगर प्रमुख कुर्मीले सो भवनको शिलान्यास गरेको हो ।
रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ३६ लाखको लागतमा बन्ने एकतले भवनमा ४ ओटा अत्याधुनिक कोठाहरु निर्माण गरिने नगर प्रमुख कर्मीले बताए । उनले सो बिधालयका प्रधानाध्यापक प्रेमलाल पटेलको प्रयास पछि निर्माण हुन गइरहेको बताए ।
निर्माण हुन गइरहेको भवनमा कक्षाकोठा,पुस्कालय ,कम्प्युटर तथा विज्ञान प्राविधिक प्रयोगशाला लगायतका अत्याधुनिक कक्षहरु संचालन गर्न सकिने व्यवस्था गरिएको नगर प्रमुख कुर्मीले शिलान्यास पश्चात बताए ।
शिलान्यास कार्यक्रममा वडा न–१ का वडा अध्यक्ष रामनाथ सहनी,वडा न –६ का मजहर मंसुर लगायत बिधालयका प्रधानाध्यापक प्रेमलाल पटेल,बिधालयका शिक्षक शिक्षिका , विधार्थीहरु तथा स्थानीयवासीको सहभागीता रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.