

, रौतहट १८ साउन ।
जिल्ला प्रहरी कार्यालय गौर रौतहटका प्रहरी उपरिक्षक बिर बहादुर बुढा मगरले अपराधलाई न्यूनीकरण गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन ।
आज बुधवार जिप्रका गौरद्धारा आयोजित पत्रकार सम्मेलनमा उतm कुरा बताउदै खुल्ला सिमानाबाट हुने अवैध कारोवार तथा अपराध नियन्त्रण गर्न आफु योजनाबद्ध तरिकाले जाने बताए ।
अवैध मदिरा भट्टी ,समाजबाट हुने कुरिती , विसगति , चोरी डकैतीलाई प्राथमिकता साथ न्यूनीकरण गर्न लाग्ने उदेश्य रहेको बताए । समुदायीक साझदारी प्रहरी कार्यक्रमले समाजबाट कुरिती तथा विसगतिहरु हटदै जाने उनले विश्वास लिएको बताए ।
किसानको मल खाद्धय समस्यालाई छिटो समाधान हुने बताउदै उनले , लागू औषध प्रयोग गर्ने युवालाई सचेत गराउन पहल हुने प्रहरी उपरिक्षक मगरले बताए । आउदो मसिर महिनामा हुने सघिय तथा प्रदेशको निर्वाचनलाई भय रहित निष्पक्ष गराउन अहम भुमिका निर्वाह गर्न आफु तत्पर रहने उपरिक्षक मगरले बताए । संचारकर्मीहरुले सोधिएको प्रश्नमा प्रहरी उपरिक्षक मगरले प्रहरी एकलै अपराध तथा शान्ति सुरक्षा दिन अहोरात्री खटिरहेको बताउदै सबैले आ आफनो स्तरबाट सहयोग तथा सुचना अदान प्रदान गरे सहज हुने बताए ।