

रौतहट १४ भादै ।

चामलमा कालो बजारी गर्ने व्यापारीलाई प्रहरी पक्राउ गरेको छ । गौर न.पा.१ रामजानकी धर्मशाला स्थित चामल पसल गरी वस्ने भारत विहार राज्य सितामढी जिल्ला बैरगनिया घर भएका अं. वर्ष ४४ को राजेन्द्र प्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताएका छन । ईण्डियन ब्राण्डेड बोरामा लोकल कमसल चामल प्याकिन्ङ गरिरहेको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली खटी गई बुझ्दा लोकल चामल–५० बोरा खुल्ला, २९२ बोरा प्याकिन्ङ, १२० वटा खाली बोरा र बोरा सिलाउने मेसिन–१ थान फेला पारीएको जिप्रकाले जनाउको छ । खाद्यान्य समाग्री सिलबन्दी गरी राजेन्द्र प्रसाद गुप्तालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आज कालो बजार मुद्दा शिर्षक अन्तर्गत जिल्ला प्रशासन कार्यालय, रौतहटबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिएका छन । कालो बजारी गर्ने गुप्तालाई हिजो ९ः५५ वजे पक्राउ गरिएको थियो ।