

, रौतहट १४ भाद्र ।
खेतमा काम गर्न गएका एकै परिवारका तिन जनाको चट्याङ लागेर मृत्यु भएको छ । गरुडा नगरपालिका वडा नं.३ मलाहिटोलमा आज बिहान खेतमा काम गर्न गएका एकै परिवारका तिन जनाको चट्याङ लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा रामनरायण सहनीका ३९ वर्षिय श्रीमती सुदमिया देबी , १७ वर्षिय छोरी जगिया कुमारी र १५ वर्षिय भतिजी मनिषा कुमारीको मृत्यु भएको हो ।
प्राकृतिक प्रकोपका कारण सहनी परिवारमा भएको अपुर्णीय क्षति प्रति गहिरो संवेदना सहित परिवार जनमा संबल प्राप्तिको कामना गर्दै मृतक आत्माहरुको चिर शान्तिको कामना जनमत पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख तथा रौतहट जिल्ला ईन्चार्ज ललित मल्लिक शानूले प्रेश विज्ञप्ति मार्फत जनाएको छ । साथै रामनारायण सहनीको परिवारमा परेको यो अप्रत्यासित विपत्तिमा तिनै तहको सरकार संग हर सम्भव उचित राहत र सहयोगका लागि तत्परता देखाउन आग्रह गरेको छ । यसै गरी गरुडा नगर पालिकाका मेयर कन्थमणी जयसवालले मृतक परिवालाई २५ हजार क्रिया खर्च तथा उपचारमा लागेको खर्च दिने प्रतिवद्धता जनाएको छ ।