Take a fresh look at your lifestyle.
npa 9 suchana

तिन दिने वृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर भोली देखि संचालन

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २३ भदौ ।
एकिकृत सरकारी कर्मचारी सगठन नेपाल केन्द्रिय कार्य समिति काठमाण्डौको आयोजनामा वृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर भोली शुक्रवार देखि संचालन हुने भएको छ ।
श्यामा श्री उधोग (दाल मिल) गौर न.पा ६ रौतहटमा भाद्र २४ गते देखि २६ गते सम्म तिन दिने स्वास्थ्य शिविर संचालन हुने एकिकृत सरकारी कर्मचारी सगठन नेपाल केन्द्रिय कार्य समिति काठमाण्डौको महासचिव शरण गुरुङ्गले बताएका छन । गौर नगर पालिका , राजदेवी नगर पालिका ,बौधीमाई नगर पालिका र वृन्दावन नगर पालिकाको सहयोगमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर भोली देखि हुने उनले आज पत्रकार सम्मेलन गरी बताएका छन ।
सो अवसरमा गौर नगर पालिकाका मेयर शम्भु साहले मृटृरोग , स्त्री रोग ,मुत्र रोग ,छाला रोग ,जनरल फिजिसियन ,दन्त सेवा ,पेट रोग ,बाल रोग , जनरल सर्जरी , फिजियोथेरापी ,ल्यव सेवा ,इसीजी ,एक्सरे ,युएसजी लगायतका सेवाहरु संचालन हुने बताए ।
विहान ९ वजे देखि ४ वजे सम्म निःशुल्क शिविर संचालन रहने बताउदै उनले दिर्घकालीन रोगका लागी पछि सोही डाक्टर सँग सेवा लिन सकिने मेयर साहले बताएका छन ।
सो अवसरमा एकिकृत सरकारी कर्मचारी सगठन नेपालका मधेश प्रदेश संयोजक जयकान्त झा ,गौर नगर पालिकाका प्रशासकिय अधिकृत सुभाष ठाकुर , राम अधार सिह लगायतका महानुभावहरुको सहभागिता रहेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.