

रौतहट दृष्टि साप्ताहिक
मौलापुरबाट काठमाण्डौ तर्फ जानको लागि गौर नगरपालिका वडा नं.४ बसपार्क भित्र आएको ना.८ ख–४७१८ नं.को यात्रु वाहक शुसिल डिलक्स बसलाई चेकजाँच गर्दा लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बसको डिकिमा चामलको बोरा भित्र लागु औषध राखिएको हुँदा उक्त लागु औषध सहित जिल्ला मौलापुर नगरपालिका वडा नं.६ पथरा वस्ने वर्ष २६ को सहचालक भाग्य नारायण साह र सामान लोड गर्ने पथरा वस्ने वर्ष २९ को मौजेलाल यादवलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताए । थप अनुसन्धान कार्य भईरहेको बताइएको छ । शुक्रवार करिव २१ वजेको समयमा डाईजोपाम थान – ५७५ ऐम्पुल ,फेनरागन थान – ५७५ ऐम्पुल ,नुरफिन थान ५७५ ऐम्पुल ,नाईट्रोभेट ट्याबलेट– ४५५० पिस फेला पारेको उपरिक्षक मल्लले बताए ।