रौतहट १७ गते कार्तिक
रौतहट जिल्ला अदालत का जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले स्वतन्त्र स्वच्छ धाधली रहित निर्वाचन गर्न प्रतिवद्व छौ बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले आयोजना गरेको निर्वाचन आचार संहिता पालना सम्बन्धि उम्मेदवार तथा राजनैतिक दलका प्रतिनिधिसंगको अन्तरक्रियामा बोल्दै आचार संहिता पालनामा राजनैतिक दल , उम्मेदवार , नागरिक समाज, संचारकर्मीको सहयोग आवश्यक रहेकोे बोल्नु भयो ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही निश्पक्ष चुनाव हुनेमा कसैले शंका गर्न नहुने कुरो बोल्नु भयो । जनताबाट प्राप्त मतलाई निश्पक्ष रुपमा गणनागरी परिणाम सार्वजनिक हुनेछ ।आचार संहिता कडाईका साथ सबैलाई पालना गर्न र गराई दिन आग्रह गर्नु भयो ।निर्वाचन आचार संहिता अनुगमन समितिका संयोजक अर्जुन बरालले अरु निर्वाचन भन्दा यो तहको भन्दा पृथक रहेको बताउनु भयो ।निर्वाचन अनुगमन अधिकृत अर्जुन बराल ,जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले निर्वाचन आचार संहिता बारे प्रष्ट पार्दै गर्न हुने र नहुने कार्यको बारेमा जानकारी दिनु भयो ।प्रहरी उपरिक्षक वीर बहादुर बुढामगर, ,सस्शत्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की ,, नेपाली सेनाका सेनानी आनन्द अधिकारी ,राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक मुकुन्द बहादुर खडका को उपस्थिति रहेको थियो । सो कार्यक्रममा प्रदेश सदस्य उमेदवार गजेन्द्र ठाकुर भोज गरेका कुरा प्रकाशमा आएपनि कार्वाही नभएको गुनासो गर्नु भयो । श्री मन नारायण मिश्र भन्सार तिरेर भारतिय नम्बरको गाडी चढन पाउने व्यवस्था मिलाउन आग्रह गर्नु भयो । नेपाली जनता दल बाट प्रतिनिधि सभा सदस्य उमेदवार सुबोध चन्द्र साहलेआचार संहित को धज्जी उडाउने काम भएको आरोप लगाउनु भयो । मैले टांगे पछि हटने कि आगाडी नै हटने हो साहले बोल्नु भयो ।प्रतिनिधि सभा सदस्य उमेदवार डा .राजेन्द्रप्रसाद साहले ठुलो पोेष्टर कहिले हटाउने । कार्यक्रम विभिन्न उमेदवार तथा राजनैतिक दलाका प्रतिनिधिको सहभागिता रहेको थियो ।यसै बीच निर्वाचन आचार संहिता पालना सम्बन्धि अन्तरक्रिया रौतहट क्षेत्र नम्बर २ स्तरिय कार्यक्रम परोहामा पनि सम्पन्न भएको बुझिएकोछ ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- प्रतिक्रिया
- Facebook Comments