रौतहट ,१९ कार्तिक , गौर नगरपालिकाको सरसफाइ फितलो हुदै गएको छ । गौर नगरपालिकाले अहिले सर सफाइृमा ध्यान नदेएको कारण नालाहरु जाम भइ रहेको छ । पानी जम्ने लगायतका कारणले डेगीं रोग हुने लामखुट्टेको प्रज्जन हुने कुराको प्रचारप्रसार गर्ने गौर नगरपालिका आगाडी देखि प्रभात चौक सम्मको करिब ५ सय मिटर लामो नालामा महिनौ दिन देखि जाम छ । डेगीं रोग विरुद्ध औसधि छर्किने जस्ता एक पछि अर्काे सराहनीय काम गरेर जनताको वाहवाही लिईरहेका गौर नगरपालिकाको यस प्रति ध्यान किन नगएको होला ? प्रश्न अनुत्तरित छ । यस प्रति विकास प्रेमी नगर प्रमुख शम्भु साहको ध्यानाकर्षण गराई दिन स्थानियवासीले माग गरेका छन । विजया दशमी, शुभदिपावली तथा छठजस्ता महापर्व पनि फोहर पानीमा आवत जावत गरि मनाएका छन । नवनिर्वाचित जनप्रतिनिधि चार्ड पर्वको रमझममा जनताको समस्या प्रति हाल सम्म उदासिन रहेको भएपनि वहांहरु कै खटनपटनमा मात्र संचालन हुने सर सफाई कर्मचारीबाट यी समस्या समाधान हुन्छ भने स्थानियको अझै आशा मरेको छैन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments