रौतहट ११ पुस ।
बाह्र लाख पचासी हजार चार सय अठार बराबरको सर–सामान र गाडीहरु आज सोमवार गौर भन्सार कार्यालयमा बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, प्रहरी ईकाईहरु र सशस्त्र प्रहरी बल वेश क्याम्प, वोडर आउट पोष्टहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुबाट भन्सार छली चोरी निकासी र पैठारीका गरी ल्याएका अं.मुल्य बाह्र लाख पचासी हजार चार सय अठार बराबरको सर–सामान र गाडीहरु वेवारीसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि आज सोमवार गौर भन्सार कार्यालयमा बुझाईएको हो ।
आइतवार अं.१८ः०० बजेको समयमा प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल वेश क्याम्प फतुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले रौतहट यमुनामाई गा.पा.वडा नं.४ बम नहर स्थितमा अं.मुल्य पन्ध्र हजार आठ सय बराबरको चिनी र मैदा पक्राउ गरेको थियो ।
आइतवार अं.२१ः१० बजेको समयमा प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी टोलीले सानो लत्मरी स्थितमा द्यच्घण्ः–घठघद्द र द्यच्ण्टद्यी–द्धठद्धड नं.को मो.सा.मा लोड गरी ल्याएको अं.मुल्य त्रिपन्न हजार छ सय अठार र विस्कुट, लेक्टोजिन दुध, खाने तेल, चामल, चिनी अं.मुल्य एक लाख विस हजार बराबरको २ वटा मो.सा.समेत गरी जम्मा अं.मुल्य एक लाख त्रिहत्तर हजार छ सय अठार बराबरको मो.सा.र सर–सामनहरु पक्राउ गरेको थियो ।
आइतवार अं.२१ः३० बजेको समयमा प्रहरी चौकी लक्ष्मीपुर बेलविछुवा र सशस्त्र प्रहरी वल नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका वडा नं.९ ब्रम्हपुरी बाध स्थितमा द्यच्द्दछक्–ढद्धण्द्ध नं.को बलोरोमा नेपालबाट भन्सार छली चोरी निकासी गरी सौफी रक्सी भारत तर्फ लैजादै गरेको अं.मुल्य दश लाख छ्यान्बे हजार बराबरको रक्सी सहित बलेरो गाडी पक्राउ गरेको थियो । अं.मुल्य बाह्र लाख पचासी हजार चार सय अठार बराबरको सर–सामानहरु पक्राउ गरेको सुचना अधिकारी उमाशंकर प्रसाद यादवले बताएका छन ।
Trending
- लागु औषध सहित १ जना मानिस पक्राउ
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments