Take a fresh look at your lifestyle.
npa 9 suchana

राष्ट्रिय भूमि आयोगमा कार्यरत शाखा अधिकृत पोखरेलविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडौं २९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगमा कार्यरत शाखा अधिकृत गणेश प्रसाद पोखरेलविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चाबहिलमा निमित्त कार्यालय प्रमुखको रूपमा कार्यरत रहँदा पोखरेलले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । यससम्बन्धमा अनुसन्धान गर्दा उनले आर्जन गरेको एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसाको स्रोत खुल्न नसकेको अख्तियारको निष्कर्ष छ । सोहीअनुसार बिगो एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसा कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले शुक्रबार जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.