

रौतहट २२ गते पुष ।
गोप्य सूचनाको अधारमा खटिएको प्रहरी गस्ती टोलीले ९ लाख ८८ हजार ३८० बराबरको माल समानहरु पक्राउ गरी राजश्व अनुसंधान कार्यालय चलान गरेको छ । विहीवार १७ वजेको समयमा ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर,बाट खटिएको प्रहरी गस्ती टोलीले चन्द्रपुर न.पा.वडा नं. ०४ गौर–चन्द्रपुर सडक खण्डमा जिल्ला सर्लाही हरिवन न.पा.वडा नं.०५ वस्ने अं. वर्ष ३३ को विनोद महतोले चलाएको प्रदेश २–०२–००१ च ०२४३ नम्वरको पिकअप गाडी रोकी राखेको अवस्थामा चेकचाँज गर्दा गाडी भित्र रहेको गुटखा लगायतका किराना सर–समानहरुको विल विजक माग गरी हेर्दा बिल विजक बमोजिमको सर–सामानहरु नदेखिएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सर–सामानहरु लगायत पिकअप र चालक समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि शुक्रवार राज्श्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको जिप्रका रौतहटका प्रहरी नायव उपरिक्षक सुनिल मल्ले बताए ।