Take a fresh look at your lifestyle.
npa 9 suchana

पुर्व प्रधानमन्त्री  नेपालद्धारा स्मारक तथा घण्टाघरको  शिलान्यास ,एकै ठाउँमा दुई पटक शिलान्यास

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

, रौतहट १२ माघ ।

यमुनामाई गाउँ पालिकाको सुचना

पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल गौरमा स्मारक तथा घण्टाघरको  शिलान्यास गरेका छन । स्मारक तथा घण्टाघरको शिलान्यास गर्दै नेपालले  भौतिक पुर्वाधारको विकासमा फडको मार्न लागेको बताएका छन् ।  ९५ लाखको लागतमा गौर  विपी चोकमा निर्माण हुने स्मारक तथा घण्टाघरको बिहिवार शिलान्यास भएको हो । गौर नगरपालिकाको नगरस्तरिय योजना अन्तर्गत निमार्ण हुने स्मारक तथा घण्टाघर ऐतिहासिक हुने मेयर शम्भु साहको भनाइ रहेको छ । विपि कोइरालाको स्मारक भएको ठाउँमा निर्माण भइरहेको स्मारक तथा घण्टाघरको चारै तर्फ देशको लागी योगदान पुर्याउने सहिदहरुको प्रतिमा राखिने योजना रहेको छ  । शिलान्यास कार्यक्रममा  नेपाली कांग्रेसका रौतहट क्षेत्र नम्बर १ (क) का प्रदेशसभा सदस्य नागेन्द्र साह , नेपाली कांग्रेसका प्रदेश सभापति तथा क्षेत्र नम्बर १ ख का प्रदेश सभा सदस्य  कृष्ण प्रसाद यादव ,नेपाली कांग्रेस का नेता रामचन्द्र गिरी,तरूण दलका जिल्ला अध्यक्ष मो.नौसाद आलम,लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यसै गरी गौर नगरपालिकाका पुर्व नगर प्रमुख अजय कुमार गुप्ताले नगरपालिकाको १ करोडको लागतमा गौर  बिपि चौकमा निर्माण हुने स्मृति टावरको शिलान्यास गरेका थिए । त्यसबेलाका  मेयर गुप्ताले स्मृति टावरको निमार्णले गौर नगरपालिकाको विकासमा थप टेवा पुग्ने बताएका थिए । देशमा भएका जनआन्दोलनमा आफनो योगदान गरेका विर शहिदहरुको शालिक राखिने योजना रहेकोले गौरको सौन्र्दयकरणमा ठुलो भुमिका घण्टा घरको निर्माणले पुग्ने नगर पुर्व प्रमुख गुप्ताको विश्वास रहेको थियो ।२ वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिने लक्ष्य रहेको सो टावरको निर्माणका लागी नगरपालिकाले पहिलो बर्ष  ४० लाख रुपैया निकासा गरेको  थियो । नेपाली काग्रेसका कार्यकर्ताहरुले विपीको स्मारक नहटाउन अडान लिई निर्माण कार्य अवरुद्ध गरेको थियो ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.