Take a fresh look at your lifestyle.
npa 9 suchana

दुध जन्य पदार्थ समाग्रीहरुको नमुना खाद्धय प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मधेश प्रदेश जनकपुरले लियो

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १८ माघ ।
फुल तारा डेरी उधोग गौरले स्टोर गरी राखेका दुध जन्य पदार्थ समाग्रीहरुको नमुना आज खाद्धय प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मधेश प्रदेश जनकपुरले लिएको छ । खाद्धय प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मधेश प्रदेश जनकपुरका खाद्धय निरिक्षक जगत प्रकाश चौधरीले डेरीमा उत्पादित खाद्धय समान , क्रिम लगायतका सामग्रीहरुको नमुना लिएको हो । हिजो मगलवार जिल्ला प्रहरी कार्यालय गौरका टोली सहित जिल्ला प्रशासन कार्यालय गौरका प्रतिनिधि , संचारकर्मी लगायत सरोकारवाला कार्यालयका प्रतिनिधिहरुको रोहवरमा छापामारी गरी डेरीका सामग्री नियन्त्रणमा लिएको थियो । आज बुधवार जिप्रकाका प्रहरी नायव उपरिक्षक उमाशंकर प्रसाद यादवको नेतृत्वमा आएको टोलीले सिल गरिएको डेरीलाई खोली नमुना लिएको हो । जिप्रकाका प्रहरी नायव उपरिक्षक यादव , जिल्ला प्रशासन कार्यालय सुब्बा राम नरेश शाह , घरेलु तथा साना उधोगका प्रवीण शाह , उधोग वाणिज्य संघका अध्यक्ष पडित जयसवाल लगायत संचारकर्मीहरुको रोहवरमा डेरीबाट नमुना लिई पुनः सिलबन्दी गरिएको थियो । डेरीका उत्पादित सामग्री तथा घ्यू , क्रिम ,लगायत अन्य सामग्री जाँचबाट प्रमाणित नहुनञजेल सम्म केही भन्न नमिल्ने जिप्रकाका प्रहरी नायव उपरिक्षक यादवले बताए । शंका तथा सुराकीको आधारमा छामा मारिएको हो तथ्य प्रमाणित भए पछि कानुन बमोजिम सजायका लागी मुद्धा दर्ता हुने उनले भने । डेरी मालिक मो समिमले आफु गलत कार्य नगरेको बताउदै प्रति दिन ४ क्युन्टल दुध लिदै आएकोमा सो बाट निस्केको क्रिमलाई माग अनुसार काठमाण्डौ पठाउने गरेको बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.