Take a fresh look at your lifestyle.
npa 9 suchana

टुनामेंर्ट  फाइनल खेलमा  प्रथम गरुडा  दोस्रो कटहरिया पुरस्कृत 

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट, १९ माघ ।

यमुनामाई गाउँ पालिकाको सुचना

दुर्गा भगवती गाउँपालिकाद्धारा टि २० नकआउट क्रिेकेट टुनामेंर्ट आज फाइनल खेलमा  गरुडा नगरपालिकाले कटहरिया नगरपालिकालाई ६९ रनको  अन्तरबाट हराएका छन् । दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको टि २० नकआउट क्रिेकेट टुनामेंर्ट फाइनल खेलमा गरुडाले  पहिलो ब्याटिंग गर्न राजेका थिए । निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १५९ रनको  योगफल बनाएका थिए ।  कटहरियाका टिमले १० विकेट गुमाइ ९० रन बनाएका थिए । गरुडा प्रथम भएकोले २५ हजार दोस्रो कटहरिया भएकोले १५ हजार पुरुस्कार प्रदेश सभा सदस्य समिर भटराइले प्रदान गरे । दोस्रो हुने कटहरियालाई १५ हजार नेकपा माओवादीका सत्यनारायण भगतले पुरुस्कार वितरण गरेका थिए । सोही क्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश सदस्य शैलेन्द्र झा , नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष प्रेमचन्द्र झा ,वरिष्ठ पत्रकार प्रभात झा , पत्रकार गौतम श्रेष्ठ , सजय मिश्र । पुष्पराज यादव , राम एकवाल साह लगायतका पत्रकारहरुलाई समान गरिएको थियो । दुर्गा भगवती गाउँपालिकाद्धारा पहिलो पटक जिल्ला स्तरिय टि २० नकआउट क्रिेकेट टुनामेंटको आयोजना गरेका थिए ।  जसमा १८ वटै पालिकाको टिम सहभागी भएको आयोजक समितिका सदस्य बेदानन्द ठाकुरले जानकारी दिएका छन । सो फाइनल खेलमा दुर्गा भगवतीका गाउँ पालिका अध्यक्ष शम्भु सिह , प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादव , वडा अध्यक्षहरु रामानन्द राय , डिके झा , धर्मेन्द्र चौधरी लगायत समाजका भद्रभलादमीहरुको सहभागिता रहेको थियो । अम्पायर सन्तोष झा र पंकज सिंहलाई पनि प्रमाण पत्र तथा मेडल प्रमुख अतिथिको रुपमा आएका प्रदेश साँसद भटराईले दिएको जानकारी दिदै आयोजक समितिका सदस्य बेदानन्द ठाकुरले प्रतियोगिता भरी खेलमैदानलाई सफा राख्ने कार्यमा संलग्न सफाईकर्मीहरुलाई गाउँपालिका अध्यक्ष सिंहले गम्छा, माला, टिका लगाएर सम्मान गरेको उनले भने ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.