

रौतहट १८ फागुन ।
छानविन गर्न आएको अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिवासको टोलीलाई स्थानीयहरुले लखेटेका छन् । मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरमा वितरण गरिएको राहत सामाग्री विषयमा अनुगमन र छानवीन गर्न आएका टोलीलाई स्थानीयले लखेटेका हुन ।
कोरोना १९ को महामारी फैलिएको बेला महिला समाज उत्थान केन्द्रले वितरण गरेको राहत समानको भुक्तानी मौलापुर नगरपालिकाले गरेको भनी परेको उजुरीको स्थलगत बुझ्न आएको टोलिलाइ केही स्थानियले अवरोध गरेका थिए । अनुसन्धान गर्न आएको टोली घर भित्र बसेर आरोपित उपरको उजुरीलाई कमजोर बनाउने खालको मुचुल्का बनाएको केही स्थानियको आरोप छ ।
मेयर रीना कुमारी साह लगायतलाई विपक्षी बनाएर दर्ता गराइएको उजुर सम्बन्धि छानवीन गर्न आएको अख्तियार अनुसंधान आयोगको टोली राजनैतिक प्रभावमा परेर पार्टी कार्यकर्ता संग मुचुल्का गराउन थालेपछि स्थानीयहरुले लखेटेको मौलापुर नगरपालिका वडा नम्बर ५ का तत्कालीन वडा अध्यक्ष एवं मेयर प्रत्यासी राम प्रवेश यादवले बताएका छन ।
यादवले मधेशी महिला उत्थान समाजको अध्यक्ष बबिता पाण्डेलाई संस्थाबाट राहत वितरण गरेको भने पनि पछि नगरपालिकाबाट भुक्तानी गरिएकोले उजुरी गरेको बताएका छन ।