

रौतहट १३ जेठ ।
नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव राजेन्द्र कुमार क्षेत्रीले सदस्यता शुद्वीकरण अभियानलाई सफल बनाउन राजिनामा गरेका छन ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकारितामा क्रियाशिल रहेको पत्रकारको संस्था बनाउने उदेश्यलाई सकार पार्न पुर्व सचिव क्षेत्रीले राजिनामा दिएका हुन ।
सचिव क्षेत्रीले राजिनामा दिएको कुरालाई रौतहटका सञ्चारकर्मी बिच चर्चाका विषय बनेको छ । उनको राजिनामाले रौतहटमा सदस्यता शुदीकरण सफल हुने सवैले विश्वास व्यक्त गरेका छन ।
पत्रकार महासंघको सदस्य रहेका तर पत्रकारिता नगरिरहेकालाई राजिनामा गर्न प्रेरित समेत गरेको एक पत्रकारले वताएका छन ।