Take a fresh look at your lifestyle.
npa 9 suchana

कैदीबन्दीहरुलाई निशुल्क आँखा परिक्षण

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट, १२ साउन ।
गौर कारागारमा रहेका कैदीबन्दीहरुलाई निशुल्क आँखा परिक्षण गरिएको छ । नेपाल नेत्र ज्योती संघ रौतहटद्धारा गौर कारागारमा रहेका कैदीबन्दीहरुलाई निशुल्क आँखा परिक्षण गरिएको हो ।
गौर कारागारमा कैदी बन्दीको जीवन विताइरहेका बन्दीहरुलाई शुक्रवार नेपाल नेत्र ज्योती संघ रौतहटद्धारा संचालित गौर आँखा अस्पतालले निशुल्क रुपमा आँखाको परिक्षण गरेर औषधी र चश्मा वितरण गरिएको छ ।
गौर आँखा अस्पताल पुरेनवाका मेडिकल अधिकृत प्रज्जवल बस्नेतको नेतृत्वमा कारागारमा गएको प्राविधिक टोलीले २ सय ३० कैदीबन्दीको साथै सुरक्षाकर्मीहरुलाई निशुल्क रुपमा आँखाको परिक्षण गरिएको आँखा अस्पताल पुरेनवाले जनाएको छ ।
९१ जनालाई चश्मा, १सय ३० जनालाई औषधी र मोतिया बिन्दु भएका ९ जनालाई कारागारको समन्वयमा पछि लेन्स सहितको शैल्यक्रिया गरिने आँखा अस्पतालले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.