

सिरहा १७ साउन ।
गाँजा सहित मोटरसाइकल सुरक्षाकर्मीले बरामद गरेको छ । मगलवार राति २२ः३० वजेको समयमा सिरहा न.पा. १७ पटेर्वा बाध भित्री बाटोमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको वि आर ३२ सी ६०२२ नम्बरको मो.सा. ई. प्र.का माडर सिरहाबाट प्र.न.नि.को कमाण्डमा खटिएको मो.सा.गस्ती टोलीलाई देख्ना साथ मो.सा. छाडी मो.सा चालक फरार भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । उक्त मो.सा. भएको स्थानमा पुगी हेर्दा मो.सा.को पछाडी बाँधी ल््याएको सेतो बोरा भित्र रहेको अं.७ किलो गाँजा फेला परेकोले मो.सा.र गाँजा बरामद गरी ई.प्र.का माडर सिरहामा लल्याई राखिएको बताइउको छ । फरार रहेको मो.सा.चालकको खोजतलास कार्य भईरहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।