Take a fresh look at your lifestyle.
npa 9 suchana

आत्महत्या न्यूनीकरणका लागी गोष्ठी

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २२ भाद्र ।
विश्व स्वास्थ्य सगठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रको आयोजनामा आत्महत्या रिपोर्टिङ सम्बन्धि पत्रकार कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सो गोष्ठिका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यया मन्त्रालय मधेश प्रदेशका मन्त्री विरेन्द्र प्रसाद सिहले आत्महत्या विभिन्न कारणले हुने गरेकोले त्यसलाई निरुत्साहित गर्न हामी सबैको दायीत्य हो बताए ।
गरिवी ,अशिक्षा , समाजिक विकृति विसङ्गंती ,जस्ता अनेकौ कारण हो उनले बताउदै न्यूनीकरण गर्न आ आफनो स्तरबाट लाग्न आग्रह गरे ।
स्वास्थ्य तथा जनसंख्यया मन्त्रालय मधेश प्रदेशका निमित सचिव डा इन्द्रजीत रजतले आत्महत्या मानसिक रोगका कारण हुने गरेको बताए । समयमा उपचार तथा परार्मश सेवा लिन लगाए निको हुने उनले स्पष्ट पारेका थिए ।
सोही अवसरमा निमित निर्देशक शिला श्रेष्ठ , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामीछाने मधेश प्रदेश अध्यक्ष राजेश कर्ण , लगाययतका वतmाहरुले आ आफनो सुझाव तथा सल्लाह दिएका थिए । सो क्रममा डा पलबी सहजीकरण गरेका थिइन् । आव २०७९।८०मा ६ हजार ९९३ जनाले आत्महत्या गरेको रिर्पोट सार्वजनिक गरेको थियो । जस मध्ये ९५ प्रतिशत मानसिक रोगको कारण आत्महत्या गरेको गोष्ठीमा बताइएको थियो । विगत ५ वर्ष देखि आत्महत्या न्यूनीकरण गर्न कार्यक्रम हुदै आएको बताएका छन । मधेश प्रदेशका आठ वटै जिल्लाका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.