Take a fresh look at your lifestyle.
npa 9 suchana

उपचारको क्रममा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ५ असोज ।
रिता देवी दासको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सुर्या हस्पिटल बिरगंजमा उपचार भइ रहेको अवस्थामा निज रिता देवीको मृत्यु भएको जिप्रका रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक दामोदर केसीले जनाएको छ । भाद्र ३१ गतेका दिन १९ः०० बजेको समयमा कटहरिया न.पा. वडा नं. ४ बकैया पुल पारी भित्री सडक खण्डमा कटहरीयाबाट सन्तपुर तर्फ जादै गरेको ना. ५५ प ९५७८ नम्बरको मोटरसाईकलले पैदल यात्री ऐ.ऐ.बस्ने रामबाबु दासको श्रीमती अं.वर्ष ४० की रिता देवी दासलाई ठक्कर दिँदा टाउकोको पछाडी भागमा चोट लागी स्थानिय अस्पतालमा सामान्य उपचार भई थप उपचारको लागी सुर्या हस्पिटल बिरगंजमा लगिएको थियो । सुर्या हस्पिटल बिरगंजमा उपचारको क्रममा असोज ४ गते अं ०१;२५ बजेको समयमा निज रिता देवी दासको मृत्यु भएको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.