

राँगाको आक्रमणबाट एकजना वृद्धको मृत्यु
रौतहट, ८ मंसिर ।
कटहरिया नगरपालिकाको डुमरियामा राँगाको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ भने करिव एक दर्जन मानिस घाइते भएका छन् ।
घाइते हुनेमा राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास महरा लगायत मानिस घाइते भएका बताइएकोे छ ।
कटहरिया नगरपालिका ९ डुमरियामा विहिवार साँझ राँगाको अक्रमणबाट घाइते भएका ७० बर्षिय बतहु राय यादवको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएका छन ।
राँगा नियन्त्रण गर्न गाउँलेहरूले आग्रह गर्दा वडाअध्यक्ष रुपेश यादव र मेयर अजय प्रकाश जैसवालले वास्ता नगरेको कारण वृद्ध मानिसको मृत्यु भएको स्थानीयहरुको आरोप छ ।