

पुरुष व्यतिmको लास फेला
, रौतहट ८ मसिर ।
यमुनामाई गा.पा.–४ झाझपुल बन्दै गरेको नयाँ पुलको पिलरको गोलोरिङ भित्र पानीमा पुरुष व्यतिmको मृत्यु अवस्थामा लास फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नाम थर वतन नखुलेको अं. बर्ष २०÷२२ को पुरुष व्यक्ति मृत्य अवस्थामा रहेको भनि खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली खटीई गई लासजाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भएको जनाइएको हो ।
। निज मृतकको लास पो.मा.को लागि प्रादेशिक अस्पताल गौर रौतहटमा सुरक्षित साथ राखिएको जिप्रका रौतहटका सुचना अधिकारी दामोदर केसीले बताएका छन ।
निज व्यक्तिको हाल सम्म पहिचान नखुलेकोले मृतकलाई चिन्न सक्ने ब्यक्ति जिल्ला प्रहरी कार्यालय रौतहटमा सम्पर्क राख्न हुन समेत अनुरोध गरिएको छ । आज शुक्रवार ११ः४० बजेको समयमा लास फेला परेको थियो ।