

,रौतहट, ८ मंसिर ।
फतुवा बिजयपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान हाजिर भइ घर र ससुराली घुम्न गएका छन ।
बुधवार हाजिर भई नगर पालिकाका गाडी लिएर आफनो घर र ससुराली घुमि रहेको फतुवा विजयपुर वडा न ९का वडाअध्यक्ष पप्पु यादवले आरोप लगाएका छन ।
विहीवार देखि नै प्रमुख प्रशासकिय अधिकृत प्रधान लगायत विभिन्न फाँट बन्द रहेको समाजिक संजाल फेसबुक मार्फत नै वडा अध्यक्ष यादवले आरोप लगाएका हुन ।
कार्यवाहक मेयर अम्बेया खातुनको पहलमा स्थानिय प्रहरी प्रशासन तथा जनप्रतिनिधिको रोहवरमा नगरपालिका कार्यालयको मूल गेटमा लगाईएको ताला फुटाएर उपसचिव प्रधानलाई हाजिर गराईएको थियो ।
कार्यवाहक मेयर खातुनले टिका र माला लगाई स्वागत गर्दै बुधवार देखिनै प्रधानलाई नगरको प्रमुख प्रशासकिय अधिकृतको रूपमा कामकाज सुरु गराएकी थिइन् ।
सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत प्रधानले भोलि देखिनै सम्बन्धितहरुको बैंक खातामा सामाजिक सुरक्षा भत्ता पठाउन सुरु गर्ने र १ महिना भित्र नगरको सम्पूर्ण समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।
सब भन्दा पहिले सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु हुना साथ केही दिन भित्र कार्यपालिका बोर्डको बैठक बोलाउन लगाएर नगरसभा गराउने तथा कर्मचारीहरुको तलब बितरण संगै आर्थिक कारोवार संचालन गराउने उपसचिव प्रधानले वाचा गरे पनि हाजिर भएको भोली देखि नै कार्यालयमा नआए पछि स्थानीय जनता निरास तथा जनप्रतिनिधि आक्रोसित भएका छन ।
सरकारी गाडी निजी प्रयोजनको लागी प्रयोग गर्न नपाइने कानुनी प्रवधान रहेको छ ।