

रौतहट ९ मसिर ।
कवि विधापतिको जन्मोत्सव आज गौर नगर पालिकाको वडा न ३ मा मनाइएको छ । सो जन्मोत्सव समारोहका प्रमुख अतिथि गौर नगर पालिकाका मेयर शम्भु साहले धर्मको नाममा राजनितिक नगर्न आग्रह गदै आफै समस्याको समाधान खोज्न उनले सुझाव दिएका छन ।
विधापति को हुन भने आफुलाई थाहा नभएको बताउदै शालिक कहिले काही विधापति नगरमा आउदाँ हेर्ने गरेको उनले बताए ।
जन्मोत्सव कार्यक्रममा विधापति वारे जानकारी भएको बताउदै शालिक नजिक सवैको चाहना भए शनिदेवको स्थापना गर्ने प्रतिवद्धता जनाएका छन ।
विधापतिको नाउँमा संङग्रहालय बनाउन एक जुट भएर आउन आग्रह गरे । किसानका लागी कोल्ड स्टोर बनाउन जग्गा खोजी कार्य भइ रहेको मेयर साहले बताए ।
आय आर्जन तथा उत्पादन मूलक कार्य अव नगर पालिकाले गर्ने मेयर साहले बताए ।
सो अवसरमा पुर्व प्रधानाध्यापक गौरीकान्त मिश्रले विधापतिको चरित्र तथा आचरणको वर्णन गरेका थिए । सोही क्रममा पुर्व प्रधानाध्यापक श्रीनारायण मिश्रले विधापतिको श्लोक वाचन गरेर सुनाएका थिए ।

वाचस्पति नगरका सुधिर ठाकुरले विधापतिको स्मरण गर्न मन मस्तिकमा गर्नु पर्ने श्लोक प्रस्तुत गरेका थिए । सोही क्रममा मेयर साहलाई सम्मान स्वरुप दोसाला ओढाइ सम्मान गरेका थिए ।
विश्वम्भर मिश्रको अध्यक्षतामा नेपाली काग्रेसका वरिष्ठ नेता देवचन्द्र मिश्रले विधापति र भोले बाबाको कथा सुनाएका थिए । पुर्व प्रधानाध्यापक उदयकान्त मिश्रलाई सम्मान गरिएको थियो । विधापतिको जन्म इसवी सम्वत १३५२ मा भएको थियो भने उनको देहान्त १४४८मा भएको थियो । गौर नगर पालिकाको वडा न ३ मा स्थापित विधापतिको स्मारकमा विधापति नगरका गणमान व्यतिmहरुले फुलमाला अविर चढाई जन्मोत्सव मनाएका थिए । उनको जन्म भारतको मधुवनी जिल्लामा जन्म भएको वेला मुस्लिम सम्राज्य रहेको थियो ।