Take a fresh look at your lifestyle.
npa 9 suchana

मधेशी जनताको आँकक्षा पुरा गर्न नसकिने नेता मधेशले पाले

gadhimai nagar palika ko suchana
suchana gadhimai

मधेशी जनताको आँकक्षा पुरा गर्न नसकिने नेता मधेशले पाले
, रौतहट ९ मसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला जनसभा रौतहटको गौर राइस मिलमा सम्पन्न भएको छ । सो सभाका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष रवि लामिछानेले मधेशी जनताको आँकक्षा पुरा गर्न नसकिने नेता मधेशले पालिएको आरोप लगाए । विभिन्न काल खण्डमा मधेशका जनताले इतिहास कायम गरे पनि उपलब्धी नेताले पाएको स्मरण उनले गराए । मधेश प्रति उदार नभएका नेता चुनावमा जितेर गए पनि बाढी आउदाँ मधेशका जनतालाई बिर्सेको उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रति वफादार होइन आरोप लागी रहदाँ आरती साहका न्यायका लागी कुनै पार्टीका अध्यक्षले रोस्टममा उभिएर अवाज नउठाएको अवस्थामा म स्वयम अवाज उठाएको स्मरण उनले गराएका थिए । मधेश आन्दोलनमा कति सहिद भए कति घाइते भए तर सहिदले बोकेको सपना पुरा हुन नसकनु दुर्यवाग्य भएको उनले टिप्पणी गरे । अव राष्ट्रिय स्वतन्त्र पार्टीका लागी रगत बगाउने होइन पसिना बगाए पुग्छ अध्यक्ष लामिछानेले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका लागी वर्षे भरी आन्दोलन गर्ने होइन एक दिन मात्र भोट हाले पुग्छ उनले भने । जनतालाई अगाडी राखेर आन्दोलन गर्ने पार्टी होइन नेतालाई अगाडी राखेर आन्दोलन गर्ने पार्टी रहेको बताए । कसैलाई सहिद तथा घाइते हुने जरुरी छैन उनले बताउदै न्यायका लागी एक दिन मत दिन आग्रह गरे । सो अवसरमा विभिन्न नेताहरुले आ आफनो मन्तव्य राखेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.