

महिला मृत अवस्थामा फेला
रौतहट , १० मसिर
राजपुर न.पा.९ बैरिया बाध भन्दा पुर्व पट्टी झाडीमा नामथर वतन नखुलेको अं. बर्ष २५।२६ को तराई बासी जस्तो देखिने हरियो कुर्था सुरुवाल लगाएकी महिला मृत अवस्थामा फेला परेको छ ।
सुचनाको आधारमा ई.प्र.का.बन्जरहा रौतहटबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घटना स्थल सुरक्षित राखी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जि.प्र.का.रौतहटबाट प्र.नि.उमाशंकर प्रसादको कमाण्डमा टोली खटी थप अनुसन्धान भइ रहेको बताइउको छ । शनिवार साझ ४ वजेको समयमा महिला मृत अवस्थामा फेला परेको जिप्रका रौतहटका सुचना अधिकारी दामोदर केसीले जनाएको छ ।